काठमाडौं, ३० साउन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पार्टीप्रति असन्तुष्ट रहेका नेता भीम रावलको भेटवार्ता भएको छ।

अध्यक्ष ओलीको सचिवालय बालकोटले रावलसँगको तस्विर राख्दै दुईजनाको भेटवार्ता भएको जनाएको हो। पार्टीको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा ओली र रावलबीच प्रतिस्पर्धा भएको थियो। त्यसयता रावल र ओलीबीचको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ।

गत प्रतिनिधिसभाको निर्वाचनमा रावललाई ओलीले टिकट नदिएपछि उनीहरूबीचको सम्बन्ध थप धुमिलिएको थियो।

रावल पार्टीभित्र ओलीको कदमको सशक्त रूपमा प्रतिवाद गर्ने नेताका रूपमा चिनिन्थे तर ओलीसँगको खटपटपछि उनी निष्क्रिय थिए।

केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *