काठमाडौं, ३१ साउन–राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शितल निवास पुगेका छन्। राष्ट्रपति पौडेल र प्रमुख प्रतिपक्षी दल नेतासमेत रहेका ओलीबीच बुधबार दिउँसो भेटवार्ता भएको हो।

राष्ट्रपति पौडेल र अध्यक्ष ओलीबीच भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ। संसदमा उत्पन्न गतिरोधजस्ता विषयमा राष्ट्रपति र अध्यक्ष ओलीबीच कुराकानी भएको छ।

लामो समय संसद नचल्दा जनतामा नैराश्यता बढ्ने र नकरात्मक प्रभाव पर्ने भएकोले संसद चल्ने वातावरण बनाउन राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्न यसअघि शितल निवासमै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतसँग कुराकानी गरिसकेका छन्।

एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै लगातार संसद बैठक अवरूद्ध गर्दै आएको छ।

प्रतिनिधि सभा बैठक भदौ ३ र राष्ट्रिय सभा बैठक भदौ ५ का लागि बोलाइएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *