काठमाडौं, ३१ साउन–प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले जबरजस्ती संसद् अवरुद्ध गरेको आरोप लगाएका छन् । सत्तापक्षले नै संसद्को अवरोध खुलाउनु पर्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलपछि यस्तो दावी गरेका हुन् । भेटमा राष्ट्रपति पौडेलले संसदमा रहेको गतिरोध अन्त्य गनुपर्ने बताएका थिए । सोक्रममा ओलीले संसद अवरोध गर्नु हुँदैन भन्ने पक्षमा आफूहरु रहेको स्पष्ट पारेका थिए ।

राष्ट्रपतिसँग छलफलपछि अध्यक्ष ओलीले भने, ‘राष्ट्रपतिले संसद खोल्दा राम्रै हुन्छ भन्नु भयो, मैले खोल्नै पर्छ भनें ।’ सोक्रममा ओलीले सत्तापक्षले नै जबरजस्ती संसद् अवरोध गरिरहेकाले अवरोध सत्तापक्षले नै खुलाउनुपर्ने धारणा राखेका हुन् । संसद्को गतिरोध खुलाउने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बोलाएपछि ओली शितलनिवास पुगेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *