काठमाडौं, ३२ साउन–आज कोशी र बाग्मती प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै रहेपनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको हो।

त्यसले दिउँसो र राति ती दुई प्रदेशका एक(दुई स्थानमा मात्रै भारी वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान् छ।

अन्य प्रदेशका हकमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै छ।

अहिले पनि गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू(भागका केही स्थान र बाँकी भू(भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातिपनि कोशी, मधेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हल्का, मध्यमदेखि भारी वर्षाको पनि सम्भावना रहेकाले नदी तटीय क्षेत्र लगायत पहिरोको जोखिम, गेग्रान बहने ठाउँ, डुबान हुन सक्ने होचा ठाउँमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *