काठमाडौं, ३२ साउन–क्रिकेटर सन्दीप लामिछानविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको आज (बिहीबार) देखि नियमित सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा उनको मुद्दाको आज अन्तिम सुनुवाई हुँदैछ ।

आजै अदालतले फैसला आउन सक्ने सम्भावना छ । लामिछानेले एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ । पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

यही ३० अगस्टमा सुरु हुने एसिया कप क्रिकेटका लागि घोषित टिममा पनि लामिछाने रहेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *