दमक, १ भदौं–झापा कचनकवल–६ बनियानीमा रहेको कचनकवल विद्या मन्दिर माविकी छात्रा अस्मिता देवानले ३।८२ जि।पि।ए प्राप्त गरी जिल्लाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको दावी गरिएको छ ।
२०७८ सालबाट कचनकवल माविमा व्यवस्थापन संकाय पढ्दै आएकी देवानले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को नतिजामा प्राप्त गरेको अंक जिल्लाका अन्य विद्यालयमा फेला नपरेको भन्दै विद्यालयले झापा प्रथमको दावी गरेको हो ।
पढाइप्रति लगनशील र मिहिनेती विद्यार्थी रहेको विद्यालयका प्रिन्सिपल खगेन्द्र पाण्डेले बताए । पाण्डेका अनुसार अस्मिता सहित २०७९ सालको एस।एल।सी परीक्षामा सहभागी २८ जना विद्यार्थीहरूले उत्कृष्ट अङ्कसहित शत प्रतिशत नतिजा ल्याएको जानकारी दिएका छन् ।
शिक्षक, विद्यार्थी र अभिभावकको निरन्तर सहयोगमा विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयका प्राध्यापक समेत रहेका घनश्याम अर्यालले बताए । नतिजापछि निकै खुसी लागेको प्रतिक्रिया दिँदै अस्मिताले निरन्तर मेहनत, समयको सदुपयोग एवं शिक्षकहरूको मार्गदर्शन नै सफलताको श्रेय रहेको बताइन् ।
