दमक, १ भदौं–सामाजिक सेवामा सक्रिय ‘क्लब हिमालयन टाइगर’ दमक शाखाले आज (शुक्रबार) दक्षिणी इलामको चुलाचुलीस्थित हात्तिलेदाको शिबज्योती आधारभूत विद्यालयका ५० जना विद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेशनरी सामाग्रीहरु वितरण गरेको छ ।

क्लब हिमालयन टाइगर दमक शाखाका सचिव तीर्थराज राईका अनुसार चुलाचुली–१ हात्तिलेदास्थित शिबज्योती आधारभूत विद्यालयका ५० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुालाई स्कुल ब्यागसहित पेन्सिल, इलेजर वितरण गरिनुका साथै जुस समेत खुवाइएको छ ।

क्लब हिमालयन टाइगर दमक शाखाका कार्यवहाक अध्यक्ष मेघनाथ फुयालको अध्यक्षतामा र चुलाचुली गाउँपालिकाका प्रमुख राजेन्द्र केरुङको प्रमुख आतिथ्यतामा सो सामाग्रीहरु वितरण गरिएको सचिव तीर्थराज राईले जानकारी दिनाुभयो ।

सो कार्यक्रममा क्लब हिमालयन टाइगरका केन्द्रिय अध्यक्ष रेवतचन्द्र भणडरी, संस्थापक सदस्य तथा दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, दमक शााखाकी सहसचिव सविना राई साङपाङ, संस्थाका सल्लाहकार तथा दमक थाना रोडमा सञ्चालित गणेश सर्जिकलका सञ्चालक गणेश प्रधान, संस्थाका सदस्य कोशिष शिवाकोटीको समेत उपस्थिति रहेको थियो ।

क्लब हिमालयन टाइगर दमक शाखाका सचिव तीर्थराज राईका अनुसार दमक निवासी सामाजिका व्याक्तित्व तुलसीराम तिम्सिनाको हालै सम्पन्न जन्मदिनको अवसरमा उपलब्ध गराएको २० थान, दमक–६ थाना रोडस्थित आमा डेन्टलबाट ५ थान, चुलाचुली निवासी मूना भण्डारीले ५ थान स्कुलब्यागसहित ५० थान स्कुल ब्याग विद्यार्थीहरुलाई प्रदान गरिएको हो ।

त्यस्तैं, आज विद्यार्थीहरुलाई वितरण गरिएको स्टेशनगरी सामाग्रीहरु (पेन्सिल र ईलेजर) कविता बुक्स स्टेशनरी र भूमि निरौलाले जुस उपलब्ध गराएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक रिमा माखिम सुब्बा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष उत्तम कुमार फियाक, चुलाचुली गाउँपालिका शिक्षा शाखा प्रमुख राम मिश्र, स्थानीय जनप्रतिनिधिहरु, विद्यार्थीहरु र शिक्षक-शिक्षिकाहरुको उपस्थिती थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *