काठमाडौं, २ भदौ–पद्मश्री साहित्य पुरस्कार(२०७९ को छनोटमा परेका पाँच पुस्तकको सूची सार्वजनिक भएको छ।

खेमलाल(हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले गत वर्षको पद्मश्री पुरस्कारका लागि दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकमध्ये पाँच उत्कृष्टमा परेका पुस्तकको सूची सार्वजनिक गरेको हो।

छनोटमा परेका पुस्तकहरूमा सुबिन भट्टराईको ‘इजोरिया’, विवेक ओझा ‘ऐंठन’, डा.देवीप्रसाद सुवेदीको ‘मनु’, प्रदीप रोदनको ‘मफलर’ र डा.नवराज केसीको ‘शून्यको मूल्य’ छन्।

प्रतिष्ठानले पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त १८० पुस्तकमध्येबाट निर्धारित मापदण्डबमोजिम निर्णायक समितिको सिफारिसअनुसार गत असार १५ गते १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची (लङ्ग लिस्ट) सार्वजनिक गरेको थियो।

उत्कृष्ट सूचीमा परेका पाँचमध्ये एक पुस्तकले पद्मश्री पुरस्कार पाउनेछ। प्रतिष्ठानले २०६३ देखि यो पुरस्कार प्रदान गर्दै आएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *