मधुमल्ला (मोरङ), २ भदौं–मोरङको मिक्लाजुङस्थित मधुमल्लामा कवि मन्जुल मितेरीको कविता सग्रह ‘कामी’ को दोस्रो संस्करण विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
मिक्लाजुङ साहित्य समाजले आयोजना गरेको कविता सग्रह ‘कामी’ को विमोचन तथा परिचर्चा कार्यक्रममा नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ सदस्य तथा वरिष्ठ कवि मुनाराज शेर्माको प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा कवि सीमा आभाष, मनोज लोहार र कृष्ण उदासीले कवि मन्जुल मितेरीको कविता सग्रह ‘कामी’ माथी समिक्षात्मक टीप्पणी गर्नुभएको थियो । सग्रहभित्र समेटिएका कविताहरु र कवि मन्जुल मितेरीले उठाउनुभएका विषय, गम्भिरता, समाज रुपान्तरणका सवाल र जवाफ, व्याक्ति, चरित्र, परिवेश, समाज, देश, माटो र प्रेमका बारेमा टिप्पणीकर्ताहरुले आ–आफ्ना दृष्ट्रिकोण राख्नुभएको थियो ।
कार्यक्रममा प्राज्ञ मुनाराज शेर्माले कवि मन्जुल मितेरीका कविता कृति ‘कामी’मा समेटिएका कतिवाहरुले उब्जाएका विषय र सन्दर्भका बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा कवि मितेरीका श्रीमती कौशिला मितेरी, वरिष्ठ पत्रकार दीपिन राई, कवि अभागी थेगुवा, सुन्दर कुरुप, विराट किराती, हेमन यात्री, गगन योक्पाङ्देन, राजकुमार सुब्बा अनिश्चित, दिलिप राई सागर, कमल मिश्र, निर्मल कुलुङ, विनोद दर्नाल, नेपाली चन्द्र, चेतन डर, अनिलदेब राई लगायतका कवि, गजलकार र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
मिक्लाजुङस्थित मधुमल्लामा अवस्थित पाटी प्यालेसमा आयोजित कार्यक्रमको सहजिकरण कवि ज्योती भट्टराईले गर्नुभएको थियो ।
