दुधे, ३ भदौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी संगठन निर्माणका अभियान र जनपक्षिय कार्यक्रमलाई एक साथ संगसगै लिएर हिड्न कांग्रेस नेता–कार्यकर्ताहरुालई आग्रह गर्नुभएको छ ।

झापाको शिबसताक्षी नगरपालिकाको दुधेस्थित सामुदायीक भवनमा नेपाली काँग्रेस नगर समितिले आइतबार आयोजना गरेको नगर अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै महामन्त्री थापाले यस्तो धारणा राख्नुभएको हो ।

महामन्त्री थापाले पार्टीमा नेताहरु धेरै भएको तर गाउँमा कार्यकर्ताहरुबीचमा काम गर्ने कांग्रेस नेतृत्वमा अभाव भएको बताउनुभयो । वहाँले विगतमा पार्टी संगठनका गतिविधिहरुमा भएका कमिकमजोरीलाई समिक्षा गर्दै आगामी निर्वाचनमा कांग्रेस बलियो र जनताका पार्टी बनाउन देशभरका क्रियाशिल सदस्यहरु एक जुट भएर लाग्न समेत निर्देशन दिनुभयो ।

महामन्त्री थापाले संगठन निर्माणका काम, जनताको सुख, दुःखको साथी र विकासका अभियानलाई एक साथ सञ्चालन गर्न सके छिट्टै कांग्रेस लोकप्रिय पार्टी बन्ने बताउनुभयो ।

नगर अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले देशैभरि नेपाली जनताको निराशालाई चुनौतीसंगै अवसरका रुपमा बदल्न कांग्रेसले अगुवाई गर्नुपर्ने बताउनुभयो । थापाले मिसन ८४ निर्वाचनको चिन्ता होइन, २०८० देखिनै देशको अवस्था परिर्वतनमा हामी सबैको बनेमात्र देशको मुहार फेर्न सकिने बताउनुभयो । केहि दलहरुले आगामी आम निर्वाचनमा जित निकालेर सरकार बनाउने भन्ने चिन्ता महत्व नभएको भन्दै महामन्त्री थापाले देशको समग्र रुपान्तरणमा हामी सबैको निराशा ,चिन्ताबाट अव अवसर प्राप्तिका लागि सरकार अघि बढ्नु पर्ने उल्लेख गर्नुभयो ।

पूर्व स्वास्थ्य मन्त्री समेत थापाले देशमा छाएको निराशालाई मौका छोपी केहि नयाँ भनाउदा दलहरुले व्यापार गरिआएको टिप्पणी गर्नुभयो । थापाले कांग्रेसका नेता तथा सबै कार्यकर्ताहरुले चुनावका लागि मात्र नभएर जनताको परिवर्तनको निम्ति सकृय भई जुट्नु पर्ने उल्लेख गर्नुभयो ।

नेता थापाले देशलाई हानी पुरयाँउने भ्रष्टचारसहितका सवै किसिमका प्रकरणका फायलहरु खुल्नुपर्ने जोड दिनुभएको छ । वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचार लगायतका प्रकरणहरुको फायल खोलेर छानवीनको प्रकृया शुरु गरेकोमा केहि आशा जगाएको भन्दै महामन्त्री थापाले सवै ती फायलहरु खोलेर अनुसन्धानको प्रकृयालाई तीव्रता दिनुपर्ने जोड दिनुभयो । देशलाई नोक्सान पुरयाँउने सवै किसिमका भ्रष्टचार लगायतका प्रकरणमा संलग्नलाई राजनीतिक आस्थाका आधारमा नहेरि निष्पक्ष छानवीन गरि दण्डित गरिनु पर्ने थापाको भनाई थियो ।

पार्टी नगर सभापति अशोक बस्नेतको अध्यक्षतामा भएको सम्मेलनमा कांग्रेस झापाका सभापति देउकुमार थेवे, नेता भक्ति सिटौला, किसान महासंघ झापाका सभापति रतन थिङलापु, युवा नेता मनोज खुलाल कार्की, सन्तोष मेन्याङबो, तुला बाखिम, पशुराम ढुङ्गाना, लगायतका नेताहरुको लगायतका नेताले बोलेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *