बिर्तामोड, ३ भदौ–झापाको बिर्तामोडस्थित मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि।ले क्यान्सर रोगबाट पीडित शेयर सदस्यलाई उपचार सहयोग प्रदान गरेको छ ।

संस्थाले आज बिर्तामोड–१० शैनिक बजारकी संस्थापक शेयर सदस्य कल्पना थापाको घरमै पुगेर ५० हजार रुपैयाँ उपचार सहयोग प्रदान गरेको हो । संस्थाको उपचार कोषबाट क्यान्सर पीडित थापालाई उक्त रकम प्रदान गरिएको संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले जानकारी दिनुभयो ।

“विभिन्न प्राणघातक रोग लागेको पुष्टि भएसँगै घरमै पुगेर उपचार सहयोग प्रदान गर्ने गरेका छौं”, उहाँले भन्नुभयो, “डाक्टरले रोग प्रमाणित गरेको कागज भए पुग्छ अरु केही चाहिँदैन ।”

उक्त रकम उपचारका लागि पर्याप्त नभए पनि उपचारका लागि सहज होस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको उहाँले बताउनुभयो । सदस्य नै संस्थाको मेरुदण्ड भएकाले उनीहरुको हरेक सुख–दुःखमा संस्थाले साथ दिने उहाँको भनाइ छ ।

संस्थाको उपचार कोषमा सदस्यले वार्षिक एक सय रुपैयाँ योगदान गर्नुपर्ने र मुटु, मिर्गौला, क्यान्सर लगायतका जटिल र प्राणघातक रोग लागेमा रोगको प्रकृति र अवस्था अनुसार एक लाख रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गर्ने गरिएको अध्यक्ष दंगाल बताउनुहुन्छ ।

संस्थाले प्रत्येक वर्ष धेरै सदस्यलाई उपचार कोषमार्फत् सेवा सहयोग गर्दै आएको छ । हाल ३६ हजार २१२ जना शेयर सदस्य रहेको हाम्रो नेपाल साकोसमा झापाको अग्रणी सहकारी संस्थामा पर्छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *