काठमाडौं, ४ भदौं–पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिएका छन्।

डाक्टर भट्टराईले सामाजिक सञ्जालमार्फत् ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबिलाई बताएको उल्लेख गरेका छन्। उनले सिआईबिलाई उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी दिएर आफ्नो कर्तव्य निर्वाह गरेको बताएका हुन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्

ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु। यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु।

सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधव नेपालको बयान नलिइ प्रतिवेदन बुझाउन लागिएको भनेर आलोचना भइरहेका बेला डाक्टर भट्टराईको यस्तो अभिव्यक्ति आएको हो। यद्यपि सीआईबीले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *