दमक, ४ भदौ–जीवन चक्र समाज नेपालको अध्यक्षमा पुनः गणेशप्रसाद (जी.पि) गौतम चुनिएका छन् । यसपटक गरी गौतमले संस्थाको लगातार तीन पटक अध्यक्षको ज्रिम्मेवारी पाएका हुन् । दमक १ निवासी उनी यातायात व्यवसायी (हलुका सवारी चालक) हुन् ।

आज (सोमबार) दमकस्थित पाथीभरा होटलमा आयोजक संस्थाको ५ओै स्थापना दिवस तथा बार्षिक साधारणसभाले गौतमको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा बेनु प्रसाईं, सचिवमा गणेश प्रधान, प्रवक्तामा टेकनाथ भण्डारी र कोषाध्यक्षमा बिदुर भण्डारी चुनिएका छन् । प्रसाई यातायात व्यवसायी हुन् भने प्रधान सर्जिकल सम्बन्धी र भण्डारी शैक्षिक व्याक्तित्व हुन् ।

यसैगरि, समितिको सदस्यहरुमा सिद्धार्थ दाहाल, खगेन्द्र बराल, डिल्ली प्रसाद अधिकारी,डा.लेखनाथ न्यौपाने र बिन्दु सिटौला (लक्की) चुनिएका छन् ।

संस्थाको अक्षयकोष दाता सिताराम पोख्रेलको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा होटल व्यवसायी महासघ कोशी प्रदेश अध्यक्ष राजन दगांल, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य विष्णु सुब्बा, पत्रकार अनिलदेव राई, शैक्षिक व्यक्तित्व पारस आचार्य लगायतको उपस्थिति रहेको थियो ।

साधारणसभा उद्घाटनमा अध्यक्ष गौतमले अध्यक्षको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष खगेन्द्र बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको बन्दसत्रले सुझावसहित पारित गरेको थियो ।

नयाँ नेतृत्व चयन गर्न पत्रकार सुब्बाको संयोजकत्वमा अनिलदेव राई, पारष आचार्य रहेको तीन सदस्यीय निर्वाचन मण्डली चयन गरेको थियो । निर्वाचन मण्डलीका तर्फबाट संयोजक सुब्बाले बधाई शुभकामना तथा नवनिर्वाचित अध्यक्ष गौतमले प्रतिवद्धता मन्तव्य राखेका थिए ।

सडक दुर्घटना न्यूनीकरण, दमकलाई सुन्दर, स्वच्छ र हरियाली तथा रक्तदान कार्यप्रति जीवन चक्र समाज नेपालले उत्प्रेरणा गर्दै आइरहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *