काठमाडौं, ५ भदौ–जनता समाजवादी पार्टी .जसपा) ले प्रदेश र विभागको जिम्मेवारी तोकेको छ। आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको हो।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठलाई बागमती प्रदेश इन्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश इन्चार्ज तोकिएको छ।

प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इन्चार्ज र गोविन्द चौधरीलाई सुदुरपश्चिम प्रदेश इन्चार्ज तोकेको जसपाले बताएको छ।

आइतबारको बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्देश्वरप्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र देवनारायण याादव रहेको केन्द्रीय कार्यालय समितिसमेत गठन गरेको छ।

त्यस्तै, बैठकले संगठन विभागको प्रमुखमा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ। विभागका सदस्यहरूमा रेणु यादव र लाक्पा शेर्पा रहेको छन्।

संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुखमा लालबाबु राउत र सदस्यहरूमा शैलेन्द्र साह र सनबहादुर राई रहेका छन्। सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागमा मनिसकुमार सुमन र सदस्यहरुमा लक्ष्मण हुमागाईं र योगराज वनेम रहेका छन्।

युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा रमेशबाबु श्रेष्ठ रहेका छन्। यसैगरी विदेश्वर यादव, दीपक दोर्जे लामा र वीरेन्द्र प्रधान त्यस विभागको सदस्य रहेका छन्।

महिला विभागमा लिला सिटौला सदस्यहरूमा उर्मिला साह, मञ्जु अन्सारी, विनीता यादव र किरण साह, निर्मला यादव, भगवती सुवेदी, रेणुका सिंह, अञ्जना शेर्पा, शोभा बज्राचार्य र कमला विश्वकर्मा रहेका छन्।

आइतबारको बैठकले केन्द्रीय सदस्य मनोरञ्जन गोइतमाथि गरिएको अनुशासनात्मक कारबाही फुकुवा गर्ने निर्णय गरेको छ।

सप्तरी जिल्लाको प्रतिनिधि सभामा निर्वाचनका बेला उत्पन्न भएका संगठनात्मक समस्या तथा अनुशासनलगायत विषयमा उत्पन्न भएका विवादबारे आवश्यक छानबिन गरी प्रतिवेदन पेस गर्न राजकिशोर यादवको संयोजकत्वमा सुशीला श्रेष्ठ र जगदेव यादव रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको जसपाले जानकारी दिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *