काठमाडौं, ५ भदौ–प्रतिनिधि सभा बैठक आज बस्दै छ। प्रतिनिधि सभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले अवरोध नगर्ने भएको छ।

सोमबार राति प्रधानमन्त्री पुष्पकमम दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय दलहरूको बैठकमा सुन प्रकरणबारे उच्चस्तरीय समिति भएको थियो। कार्यादेश तय गर्न तीन सदस्यीय कार्यदलसमेत बनेको थियो।

आज कार्यदलले कार्यक्षेत्र र संरचना तय गर्ने भएपछि एमाले अवरोध हटाउन तयार भएको हो।

‘आजबाट बैठक नियमित कार्यसूचीमा प्रवेश गर्छ। हामी अवरोध गर्दैनौं,’ एमाले सचेतक महेश बर्तौलाले सेतोपाटीसँग भने।

साउन २ गते त्रिभुवन विमानस्थल बाहिरबाट ६० किलो बढी सुन बराबद भएपछि एमालेले उच्चस्तरीय समिति बनाएर छानबिन गर्न माग गरेको थियो।

छानबिन समिति बनाउन माग गर्दै उसले साउन १० यता संसद बैठक अवरूद्ध तुल्याउँदै आएको थियो।

प्रतिनिधि सभाको आजको सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यस्तै सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ।

सभामुख घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफरे गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि एमाले सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउनेलगायतको कार्यसूची आजको बैठकको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *