दमक, ५ भदौ–नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका मेलिना राईले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अक्षयकोषका लागि रु ५० हजार सहयोग उपलव्ध गराएकी छन् ।

फोनिज झापाले आज (मंगलबार) विर्तामोडमा आयोजना गरेको आफनो २४औ स्थापना दिवस तथा अन्तरसंवाद कार्यक्रममा गायिका राईले उपलव्ध गराएको सो सहयोगको चेक हस्तान्तरण गरिएको थियो । उक्त सहयोगको चेक गायिका राईमार्फत उनका आफन्त सजन राईले कोष संयोजक गणेशमान मुखियालाई हस्तान्तरण गरेका थिए ।

फोनिज झापाले आफना अग्रज पत्रकार स्व।डिकमान विरहीको स्मृतिमा अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषबाट प्राप्त हुने व्याजले प्रत्येक दुई वर्षमा झापाली पत्रकारितामा योगदान पुरयाँएवापत दुई जना पत्रकारलाई पुरस्कृत गरिआएको अध्यक्ष भूमिका फियाकले बताईन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *