विराटनगर, ६ भदौं–कोशी प्रदेश सरकारविरुद्ध प्रमुख नेकपा (एमाले) ले फेरि रिट लिएर सर्वोच्च अदालत जाने भएको छ । यसअघि, सभामुखको हस्ताक्षरमा बहुमत देखाएर मुख्यमन्त्री बनेका नेपाली कांंग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको रिटमा सर्वोच्चले जारी गरिदिएपछि ढलेका थियो ।

त्यसको सात दिनमा सभामुुखले राजीनामा दिएर पुनः थापाकै नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखले राजीनामा दिएसँगै उपसभामुख सिर्जना दनुवारले सभामुखको भूमिका निर्वाह गर्दै आएकी थिइन् । मुख्यमन्त्रीको आग्रहमा विश्वासको मत लिने प्रयोजनका लागि गत सोमबारका लागि बोलाएको बैठकमा उपसभामुख दनुवार अनुपस्थित भएकी थिइन् ।

बैठक स्थगित नगरी उनले स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदै गरेको बताएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यक्ष मण्डलका सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गर्ने र विश्वासको मत लिने कार्यसूची अघि बढाउने निर्णय गरेका थियो ।

एमालेका तर्फबाट सांसद निर्वाचित भई उपसभामुखको जिम्मेवारीमा रहेकी दनुवारले सरकारलाई असहयोग गरेको निष्कर्ष निकालेको सत्ता गठबन्धनले अध्यक्ष मण्डलका सदस्य इसराइल मन्सुरीको अध्यक्षतामा बैठक सञ्चालन गरेका थियो । तर, अध्यक्षता गरेका मन्सुरी समेतको मतमा ४७ मत पुर्‍याएका मुख्यमन्त्रीविरुद्ध फेरि एमाले संसदीय दलका नेता कार्कीले रिट लैजान लागेका हुन् । ‘आज हामी निवेदन लिएर सर्वोच्च जाँदैछौँ ।

दर्ता आज हुन्छ वा भोलिसम्म लाग्ने हो त्यो भोलि मात्र थाहा हुन्छ’, कोशी प्रदेशसभा सदस्य तथा एमाले नेता रेवतीरमण भण्डारीले भने, ‘रिट एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीकै तर्फबाट जानेछ ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *