काठमाडौं, ७ भदौं–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । बैठक आज बिहान ८ बजेबाट ललितपुरको बालकुमारीमा चलिरहेको छ ।

मंगलवारबाट शुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनमाथि छलफल जारी छ ।

मंगलवारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । प्रतिवेदनमा छलफल चलिरहेको नेताहरु जनाएका छन् । मंगलबारको बैठकमा ८१ जनाले आ-आफ्नो धारणा राखेको थिए ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार केन्द्रीय सदस्यहरूले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिँदैछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *