बेलडाँगी (दमक,) ७ भदौं–नेपालमा बसोबास गरिरहेका भूटानी शरणार्थीहरु र नेपाली संस्कृती, कला–गीत–संगीतको क्षेत्रमा काम गर्दै आइरहेको इन्ट्रा इन्टरेशनल पाउण्डेसनले झापाको दमक र पथरीशनिश्चरेमा स्वास्थ्य चौकीको भवन निर्माण गर्ने भएको छ ।
अमेरिका लगायत बिभिन्न मुलुकहरुमा पूर्नवासमा रहेका नेपाली भाषी भुटानी शरणार्थीहरुले स्थापना गरेको इन्ट्रा इन्टरनेशनल फाउण्डेसनले झापाको दमक र मोरङको पथरीशनिश्चरेमा बसोबास गरिरहेका शिविरवासीका लागि स्वास्थ्य चौकीको भवन निर्माण गरिदिने भएको हो । इन्ट्रा इन्टरनेशनल फाउण्डेसनले स्वास्थ्य चौकीका लागि रु ४० लाख बराबरका लागतमा भवन निर्माण गर्ने भएको छ ।
सो स्वास्थ्य चौकीले शिविरमा बसोबास गरिरहेका जेष्ठ नागरिक, शारिरिक रुपमा फरक क्षमता भएका, अपाङ्गता भएका, बालबालिका, महिला लगायतलाई स्वास्थ्य सेवा उपलब्ध गराइने भएको छ ।

दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आज (विहिबार) एक कार्यक्रमबीच दमक नगरपालिकाका प्रमुख राम थापा र इन्ट्रा इन्टरनेशनल फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संयुक्त रुपमा स्वास्थ्य चौकीको शिल्यान्यास गर्नुभएको छ ।
शिल्यान्यास कार्यक्रममा बेलडाँगीस्थित शरणार्थी शिविरका सचिव टिबी राई, दमक–३ का वडा अध्यक्ष नवीन बराल, इन्ट्रा इन्टरनेशनल फाउण्डेसन नेपालका चियर पर्सन राम बाँनिया, अभिनेता (कलाकार) दिलिप रायमाझी, गायक शंकर बिसी लगायत कलाकार, पत्रकार र सुरक्षाकर्मीको उपस्थिति रहेको इन्ट्रा इन्टरनेशनल फाउण्डेशन नेपालका लागि प्रचारप्रसार विभाग प्रमुख सुमन कुरुङबाङले जानकारी दिनुभयो ।
यसअघि, इन्ट्रा इन्टरनेशनल फाउण्डेशनले मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा समेत स्वास्थ्य चौकीको शिल्यान्यास गरिएको छ ।

कार्यक्रममा पथरीशनिरश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापो र फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संयुक्त रुपमा शिल्यान्यास गर्नुभएको थियो ।
शिल्यान्यास कार्यक्रममा नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्ले, वडा नं १० का अध्यक्ष जीवन खतिवडा, नगर जनस्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, फाउण्डेसनका चियन पर्सन राम बाँनिया, अभिनेता दिलिप रायमाझी, गायक शंकर बिसी, शनिश्चरे शिविर सचिव चम्पासिंह राई, इलाका प्रहरी कार्यालय पथरीका प्रनि राजेन्द्र कुमार पौडेल लगायतका व्याक्तित्वहरुको उपस्थिति थियो ।
इन्ट्रा इन्टरनेशनल फाउण्डेशनले पगरीशनिश्चरे नगरपालिकालाई एम्बुलेन्स खरिदका लागि रु २५ लाख रुपैयाँ हस्तान्त्रण गरिएको फाउण्डेशनका लागि नेपालको चियर पर्सन बाँनियाँले जानकारी दिनुभयो ।

