इटहरी, ८ भदौं–सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दो गतिमा छ। शुक्रबार अपरान्ह ५ बजेको मापन अनुसार पानीको बहाव दुई लाख ८५ हजार १७० क्यूसेक पुगेको छ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार यतिबेला ५६ वटा ढोकामध्ये ३९ वटा खोलिएको छ। पानीको बहाव बढेसँगै अरु थप ढोका खोलिने जानकारी दिइयो। पहाडी जिल्लामा निरन्तर पानी परि रहेकाले बिहीबारदेखि नै सप्तकोशीमा पानीको बहाव बढीरहेको थियो।

पछिल्लो समय सप्तकोशीमा साउन २९ गते पानीको बहावले जोखिमको तह उच्च भएपछि ५६ वटै ढोका खुल्ला गरिएको थियो। त्यतिबेला सप्तकोशी नदीमा पानीको वहाव चार लाख ६२ हजार ३४५ क्युसेक पुगेको थियो। त्यो दिन सप्तकोशीमा ३४ वर्षपछि सबैभन्दा बढी पानीको बहाव बढेको थियो। सन् १९८९ मा चार लाख ७२ हजार ९१३ क्युसेक मापन भएको थियो।

कोशी व्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ। सप्तकोसी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी स्न १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो। सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक पुगेको थियो।

२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुदाँ सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका चारवटा मानववस्तीमा पसेको थियो। त्यतिबेला सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउदा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका थिए।

२०६५ सालमा सप्तकोसीले तटबन्ध भत्काँउदै धार परिवर्तन गरेकोमा तीन महिनाको निरन्तर प्रयासपछि पुरानै धारमा फर्काइएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *