दमक, ८ भदौं–दमक–६ थाना लाइन (जेसीज चौक) मा अवस्थित आमा डेन्टल केयर क्लिनिक प्रालिले आज (शुक्रबार) झापाको कमल गाउँपालिका वडा नं १ सरङपाडा बजारमा एक दिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

कमल नगर जेसीजको आयोजनाम जेसीज सप्ताह अन्तगत दमकको आमा डेन्टल केयर क्लिनिकले सरङपाडा बजारमा दन्त शिविर कार्यक्रम सम्पन्न गरेको हो । निःशुल्क दन्त शिविरमा २८० जनाले दन्त परिक्षण गराएका र सो मध्ये पाँच जनाको दाँत समेत खोलिएको थियो ।

दन्त सम्बन्धी समस्याको उपचार, त्यसको उपचार विधी, रोकथाम, नियन्त्रण, यसको हेरचार, दन्त स्वास्थ्य लगायतको बारेमा जानकारी दिने उदेश्यका साथ दन्त शिविर आयोजना गरिएको आमा डेन्टलका सञ्चालक अर्जुन कुमार श्रेष्ठले बताउनुभयो । सञ्चालक श्रेष्ठका अनुसार दमकसहित आसपाका क्षेत्र (पालिकाहरु) मा दन्त शिविरहरु आयोजना गर्दै सामाजिक सेवा समेत गरिरहेको आमा डेन्टल केयर क्लिनिक प्रालिले अझ थप निःशुल्क दन्त शिविरहरु सञ्चालन गर्न स्थानीय संघसंस्थासंग सहकार्यका लागि प्रस्तावहरु गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।

कमलनगर जेसीजका अध्यक्ष रिजु कार्कीको अध्यक्षतामा र शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा जेसीज सप्ताह कार्यक्रम तथा दन्त शिविर भएको थियो ।

सो अवसरमा कार्यक्रम संयोजक तथा कमल नगर जेसीजका जनसम्पर्क अधिकारी पुष्य राया, मुल कार्यक्रम संयोजक तीर्थ पौड्याल वर्ष २०२३ का लागि नेशनल मिडिया कमिटी मेम्बर नारायण बस्नेत, सरङपाडास्थित नरेन्द्र जनता माध्यमिक विद्यालयका प्रधानध्यापक बद्रि कार्की, नरेन्द्र जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम भण्डारी, कमल नगर जेसीज वर्ष २०२० का अध्यक्ष हेम दाहाल, छत्रपति खनाल लगायतको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *