दमक, ११ भदौं–अध्ययनका लागि बिदेश जान चाहने बिद्यार्थीहरुलाई समहुगत रुपमा विज्ञहरुले दमकमा विशेष महत्वको शैक्षिक परामर्श दिने भएका छन ।

२१ बर्षदेखि यो क्षेत्रमा काम गर्दै आएको ओली एण्ड एशोसिएटको दमकस्थित शाखाको आयोजनामा यही भाद्र १३ गते दमकको बेलडागी रोेडस्थित दमक मलमा रहेको एशोसिएटको कार्यालयमा ग्लोबल एजुकेशन एक्स्पो सञ्चालन हुने जनाइएको छ । एशोसिएटले आज आफनै कार्यालयमा पत्रकार सम्मेलन गरी शैक्षिक परामर्श मेलाका विबिध पक्षहरुमा बारेमा जानकारी गराएको हो ।

सो परामर्श कक्षामा सहभागी हुन आउने दमक र आसपास क्षेत्रका एक-एक जना पहिलो बिद्यार्थीलाई स्वागत तथा सम्मानको कार्यक्रम समेत राखिएको छ ।

एशोसिएटका दमक शाखा निर्देशक केदारबाबु पौडेलले शैक्षिक परामर्श शिविरमा विश्वमै उत्कृष्ट ठहरिएका कलेजका प्रतिनिधिहरु, बैकिङ क्षेत्रका प्रतिनिधिहरुले विदेशमा अध्ययनका लागि चाहिने विभिन्न विषयमा जानकारीसहित विद्यार्थी तथा अभिभावकहरुलाई जानकारीमुलक प्रशिक्षण तथा परामर्श सेवा उपलब्ध गराउने जानकारी दिए ।

परामर्श सम्बन्धीको सो कक्षामा सहभागी हुन कुनै पनि किसिमका शुल्क लाग्ने छैन । त्यस्तो कक्षामा यस क्षेत्रका एक सय बढी विद्यार्थीहरुको सहभागिता रहने निर्देशक पौडेलले बताए ।

२१ बर्ष अघि स्थापना भएको सो शैक्षिक संस्था देशभरिका मुख्य शहरी क्षेत्रमा सञ्चालित छ । त्यसैअनुसार एशोसियटले काठमाडौ, ललितपुर, पोखरा लगायतका मुख्य शहरमा दश दिन लामो शिविर सञ्चालन गरेको पौडेलले बताए । विदेशमा एशोसिएटले आजैदेखि काठमाडौंबाट एक महिने शैक्षिक परामर्श शिविर सञ्चालन गरेको उनले बताए ।

पौडेलका अनुसार शिविरमा सहभागी हुने विद्यार्थीहरुलाई मनोञ्जनका लागि मुभी टिकट, खाद्य छुट, आइएलटिस लगायतका कक्षा अध्ययनका लागि ५० प्रतिशतसम्मका आकर्षक छुटका अफरहरु ल्याईएको छ ।

ओली एण्ड एशोसियटले अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजिल्याण्ड जस्ता देशका कलजेहरुमा उच्च शिक्षा अध्ययनका लागि उचित परामर्श लगायतका सेवा प्रदान गर्दै आएको छ ।

दमकमा शैक्षिक परामर्श तथा आयल्स , पिटी लगायतका कोर्षहरुको अध्यापन गराउन मान्यता प्राप्त संस्थाहरु ज्यादै न्यून संख्यामा रहेका भएपनि अबैधानिक रुपमा त्यस्ता कक्षाहरु सञ्चालन गर्ने कन्सल्टेन्सीहरुको संख्या उच्च छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *