काठमाडौं, १३ भदौं–नेकपा (एमाले) का शीर्ष नेताहरु चढेको बुद्ध एयरको जहाज जनकपुरमा अबतरण नगरि फेरि काठमाडौं फिर्ता भएको छ।

शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर पुनः काठमाडौँ फिर्ता भएको हो। जहाजमा प्राविधिक समस्या आएकाले सो जहाज पुन काठमाडौँ अवतरण भएको एमाले उपाध्यक्ष सुवास नेम्बाङले जनाकारी दिए।

सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरू जनकपुर हुँदै सिराहा जान लागेका थिए। जहाजमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, अमृत बोहरा लगायतका नेता सवार थिए।

जनकपुर नजिकै पुगेर पनि अकासबाटै जहाज फिर्ता भएर काठमाडौँ फर्किएको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *