दमक, १३ भदौ–स्थानीय स्तरमा सडक दुर्घटना न्यूनिकरण र रक्तदान सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको जीवन चक्र समाज नेपालको नयाँ नेतृत्वलाई पदहस्तान्त्रण गरिएको छ ।
भाद्र ४ गते दमकमा जीवन चक्र समाज नेपालको पाँचौ स्थापना दिवस तथा साधारणसभाले पुनः गणेशप्रसाद गौतम (जीपि) को नेतृत्वमा ११ सदस्यीय नयाँ समितिलाई आज (बुधबार) एक कार्यक्रमबीच पदहस्तान्त्तण गरिएको हो ।
दमकस्थित गठित साहित्य कला संगमको कार्यालयमा आयोजित कार्यक्रममा पदहस्तान्त्रण गर्नुअघि नव गठित समितिका पदाधिकारीहरु र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराइएको छ ।
पाँचौ स्थापना दिवस तथा बार्षिक साधारणसभाका लागि गठित निर्वाचन समितिका संयोजका तथा नेपाल पत्रकार महासंघ प्रदेश समितिका सदस्य बिष्णु सुब्बा आङदम्बेले पद तथा गोपनियताको सपथ गराएका थिए ।
समाजको आगामी कार्याकालको लागि जिपी गौतमको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको थियो । गौतम जीवन चक्र समाज नेपालका लागि तेस्रो कार्याकालका लागि अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

सो समितिको उपाध्यक्षमा बेनु प्रसाईं, सचिवमा गणेश प्रधान, प्रवक्तामा टेकनाथ भण्डारी र कोषाध्यक्षमा बिदुर भण्डारी चुनिएका छन् ।
यसैगरि, समितिको सदस्यहरुमा सिद्धार्थ दाहाल, खगेन्द्र बराल, डिल्ली प्रसाद अधिकारी,डा.लेखनाथ न्यौपाने र बिन्दु सिटौला (लक्की) चुनिएका थिए ।
आजै, समाजको कार्यसमिति सदस्यमा सुरेन्द्र श्रेष्ठलाई मनोनयन गर्नुका साथै सदस्य सिद्धार्थ दाहालको संयोजकत्वमा स्वास्थ्य र सदस्य डिल्ली प्रसाद अधिकारीको संयोजकत्वमा कार्यक्रम समन्वय उपसमिति गठन गरिएको छ ।
निर्वाचन सम्पन्न गर्न सुब्बाको संयोजकत्वमा पारष आचार्य र अनिलदेव राई रहेको निर्वाचन मण्डली गठन गरिएको थियो ।

