दमक, १३ भदौं–उच्च शिक्षा वा अध्ययनका लागि बिदेश जाने विद्यार्थीहरुलाई परामर्श गर्ने उदेश्यले झापाको दमकमा बुधबार शैक्षिक परामर्श मेला आयोजना गरिएको छ ।
दमकको बेलडाँगी रोडस्थित डिम्याक्स (दमक मल) भवनमा रहेको ओली एण्ड एशोसिएटले बिद्यार्थी र अभिभावकहरुका लागि शैक्षिक परामर्श मेला आयोजना गरेको हो ।
ओली एण्ड एशोसियट दमक शाखा कार्यालयका निर्देशक केदारबाबु पौडेलका अनुसार दमकसहित आसपासका गाउँ तथा नगरका विद्यार्थीहरुका लागि शैक्षिक परामर्श मेला (ग्लोबल एजुकेशन एक्स्पो) आयोजना गरिएको हो ।
सो परामर्श कक्षामा सहभागी हुन आउने दमक र आसपास क्षेत्रका एक(एक जना पहिलो बिद्यार्थीलाई स्वागत तथा सम्मानको कार्यक्रम समेत राखिएको दमकस्थित शाखा कार्यालय ा निर्देशक पौडेलले जानकारी दिए ।

एशोसिएटका दमक शाखा निर्देशक पौडेलले शैक्षिक परामर्श शिविरमा विश्वमै उत्कृष्ट ठहरिएका कलेजका प्रतिनिधिहरु, बैकिङ क्षेत्रका प्रतिनिधिहरुले विदेशमा अध्ययनका लागि चाहिने विभिन्न विषयमा जानकारीसहित विद्यार्थी तथा अभिभावकहरुलाई जानकारीमुलक प्रशिक्षण तथा परामर्श सेवा उपलब्ध गराइएको बताए ।
पौडेलका अनुसार सो परामर्श कार्यक्रममा सुदर्शन शर्मा, दिनेश सिटौला, युवाराज कार्की, गौतम जिरेल र जनार्दन थपलियाले सहजिकरण गराएका थिए ।
अस्टेलिया, क्यानाडा, युएसए, न्यूजिल्यान्ड लगायतका देशहरुमा ओली एण्ड एसोसिएटले विद्यार्थीहरुलाई पठाउदैंआइरहेको दमक शाखाका निर्देशक पौडेलले जानकारी दिए । पौडेलका अनुसार परामर्श सम्बन्धीको सो कक्षामा सहभागी हुन कुनै पनि किसिमका शुल्क लिइएको छैन् । सो परामर्श मेलामा दमकसहित आसपासक्षेत्रका एक सय बढी विद्यार्थीहरुको सहभागिता भएका छन् ।
२१ बर्ष अघि स्थापना भएको सो शैक्षिक संस्था देशभरिका मुख्य शहरी क्षेत्रमा सञ्चालित छ । त्यसैअनुसार एशोसियटले काठमाडौ, ललितपुर, पोखरा लगायतका मुख्य शहरमा दश दिन लामो शिविर सञ्चालन गरेको पौडेलले बताए । विदेशमा एशोसिएटले आजैदेखि काठमाडौंबाट एक महिने शैक्षिक परामर्श शिविर सञ्चालन गरेको उनले बताए ।

पौडेलका अनुसार शिविरमा सहभागी हुने विद्यार्थीहरुलाई मनोञ्जनका लागि मुभी टिकट, खाद्य छुट, आइएलटिस लगायतका कक्षा अध्ययनका लागि ५० प्रतिशतसम्मका आकर्षक छुटका अफरहरु ल्याईएको छ ।
ओली एण्ड एशोसियटले अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजिल्याण्ड जस्ता देशका कलजेहरुमा उच्च शिक्षा अध्ययनका लागि उचित परामर्श लगायतका सेवा प्रदान गर्दै आएको छ ।
दमकमा शैक्षिक परामर्श तथा आयल्स , पिटी लगायतका कोर्षहरुको अध्यापन गराउन मान्यता प्राप्त संस्थाहरु ज्यादै न्यून संख्यामा रहेका भएपनि अबैधानिक रुपमा त्यस्ता कक्षाहरु सञ्चालन गर्ने कन्सल्टेन्सीहरुको संख्या उच्च छ ।

