दमक, १३ भदौं–दमक–५ बेलडाँगी रोडमा सञ्चालित सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाले आज (बुधबार) आठौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

आठौं बार्षिक साधारणसभाको अवसर पारेर सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०७९।०८० को कारोबारसहित आगामी आर्थिक बर्ष २०८०।०८१ को अनुमानित आम्दानी र खर्चको विबरण सार्वजनिक गरिएको थियो ।

बार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन ओझाले प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक चुडामाणि न्यौपानेले आम्दानी तथा खर्चको बिबरणसहित आगामी आर्थिक बर्षका लागि अनुमानित आम्दानी र खर्चका बिबरण प्रस्तुत गर्नुभएको थियो ।

दमक–६ बेलडाँगी रोडस्थित मारवाडी भवनमा आयोजित बार्षिक साधारणसभामा उत्कृष्ट बचत कारोबार गर्ने शेयर सदस्यहरुलाई पुरस्कृत गरिएको थियो ।

सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष चुढामणि ओझाको अध्यक्षतामा र जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेमप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा बार्षिक साधारणसभा सम्पन्न भएको थियो ।

साधारणसभाको उद्घाटन समारोहमा आर्थिक बर्ष २०७९।०८० मा कारोबार गर्ने शेयर सदस्यहरुबीच उत्कृष्ट कारोबारतर्फ निर्मला न्यौपाने (दमक १०), दुर्गा काफ्ले (दमक ५), गंगा शाहु (दमक ५), राजकुमार भट्टराई (दमक ५), नेत्रप्रसाद न्यौपाने (दमक ५), देबकला बुढाथोकी (दमक ९), गीता श्रेष्ठ (दमक ७), रेखा न्यौपाने (दमक ४), मानकुमारी लिम्बू (दमक ५), बब्लु राजवंशी (दमक ९) र सृजना सापकोटा (दमक १०) छन् ।

त्यस्तैं, पुरस्कृत हुने बालबचत तर्फ संस्कार सुवेदी (दमक ९), नेल्सन ओझा (दमक ९), इज्ना शाही (दमक ८), धारणा गौतम (दमक ३), बिबिशा तामाङ (दमक ९), रोयल तुलाधर (दमक ५), संस्कृति सुवेदी (दमक ९), सुप्रभा न्यौपाने (दमक १०), प्रनिसा बस्नेत (दमक ५), ग्रेसिका बुढाथोकी (दमक ५) र सेवन्त बस्नेत (दमक ५) छन् ।

त्यसैगरी, ऋण कारोबारतर्फ मनोजकुमार नेपाल (दमक६), पुष्पा थापा (दमक ९), भीमप्रसाद खरेल (दमक ८), इन्द्रबहादुर ठकुरी हमाल (दमक ५), कृष्णभक्त शाही (दमक ८), मनोजकुमार नेपाल (दमक ६), देबिका कटेल गिरी (दमक ५), रजकुमार नेपाली (दमक ८) छन् । भने जेष्ठ सदस्यहरुतर्फ तिलकबहादुर भण्डारी (दमक ५) र टिकामाया सुवेदी (दमक) छन् ।

पुरुस्कृत सवैलाई संस्थाको तर्फबाट सञ्चालक समिति अध्यक्ष तथा बार्षिक साधारणसभाका अध्यक्ष चुढामणि ओझासहित कार्यक्रमका अतिथिहरुले प्रमाणपत्रसहित अविर तथा खादा ओढाउनुका साथै मायाको चिनो वितरण गरेका थिए ।

उद्घाटन समारोहका प्रमुख अतिथि तथा जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम कोइराला, विशिष्ट अतिथि दमक नगरपालिका वडा नं ५ का वार्ड अध्यक्ष इन्द्रबहादुर गुरुङ, जिल्ला सहकारी संघ झापाका सहसचिव तथा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सहसचिव कमल घिमिरे, राष्ट्रिय सहकारी बैंक दमक शाखाका प्रमुख मुना केसी, मेची बुहुदेश्यीय सहकारी सस्थाका प्रमुख खोम बगाले, कञ्चनजंघा सहकारी संस्थाका अध्यक्ष मणि भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । बार्षिक साधारणसभाको सञ्चालन संस्थाका व्यवस्थापक गोकुल न्यौपानेले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *