ताप्लेजुङ, १४ भाद्र–ताप्जेुङमा आजदेखि सुरु भएको गोल्ड कपको उद्धाटन खेलमा जुट विकाश फुटवल ऐकेडेमी सुनसारी इटहरीले टाइब्रेकर मार्फत बाजी मार्न सफल भएको छ ।

खेलमा जित निकालेसँगै इटहरी सेमिफाईनलमा प्रवेश गरेको छ।

२६ औं मिनेटमा इटहरीका रोहन कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । देशका विभिन्न नाम चलेका क्लब र ए डिभिजन लिगमा समेत खेलेका खेलाडीले भरिएको टोली इटहरी विरुद्ध ताप्लेजुङले पहिलो हाफभरि खेलमा फर्कन कोशिस गर्यो ।

ईटहरीले ताप्लेजुङलाई गोल गर्ने कुनै मौका दिएन । ताप्लेजुङ विरुद्ध थप गोल गर्न इटहरीले गरेको गतिल्ला केही प्रहारहरु ताप्लेजुङका गोलकिपर आकाश लिम्बूले पटक पटक विफल तुल्याइदिए ।

दोश्रो हाफको ३३ औं मिनेटमा ताप्लेजुङले इटहरी विरुद्ध हेड अफ डिबक्सवाट फ्री किकको मौका पाएको थियो । कप्तान अनुप सेन्दाङले प्रहार गरेको फ्री किकलाई ताप्लेजुङका लखन पतंवाले गोलमा परिणत गरे ।

बाकीँ समय दुवै टोलिले गोल गर्न नसक्दा निर्धारीत ९० औं मिनेटको खेलपछि नतिजा ट्राईब्रकरवाट लिइएको हो ।

इटहरीका उमेश राई, लम्मण तामाङ, टिपेश राई, कप्तान रमेश राजवंशी र सन्तोष थापाले गोल गरे । पहिलो हापमा गोल गरि टिमलाई अग्रता दिलाएका रोहन कार्की पेनाल्टीमा भने चुक्न पुगे । सञ्जय श्रेष्ठले गोल गर्न सकेनन् ।

ताप्लेजुङका तर्फवाट कप्तान अनुप सेन्दाङ, सन्त लिम्बू, मञ्जित लिम्बू, लखन पतंवाले गोल गरे भने दीपक लिम्बूको प्रहारलाई इटहरीका गोलरक्षक विकाश चौधरीले विफल तुल्याए । करण लिम्बू र दिपेश लिम्बूले गोल गर्न सकेनन् ।

खेलमा ताप्लेजुङलाई पुनारागमन गराउन सफल कप्तान अनुप सेन्दाङ म्यान अफ दि म्याच घोषित भएकाछन् ।

भोलि गोर्खा स्पोटिङ क्लब दमक र रेडहर्स क्लब ईलाम दिउसो २ः३० वजे खेल्ने तालिका रहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *