काठमाडौं, १५ भदौं–समाजवादी मोर्चा नेपालले शुक्रवार पोखरामा सन्देश सभा आयोजना गर्दैछ। प्रदेशस्तरीय सभाका क्रममा मोर्चाले गण्डकीमा सन्देश सभा आयोजना गर्न लागेको हो।

पोखरा सभागृहमा हुने सभामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध दलका शीर्षनेताले सम्बोधन गर्नेछन्।

माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलका अनुसार सभामा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहभागी हुनेछन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *