झिलझिले, १५ भदौं–झापाको शिबसताक्षी–८ झिलझिलेस्थित सम्झाना चौकमा यहि असोज ११ गतेदेखि फुटबल प्रतियोगिता हुने भएको छ । शुभ विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर स्थानिय युवाहरुले स्थापना गरेको बोका जुनियर फुटबल क्लब, सम्झना चौकले प्रतियोगिता गर्ने भएको हो ।
सो प्रतियोगिता झिलझिलेस्थित सम्झाना चौकदेखि उत्तर बनजङ्गल क्षेत्रभित्र रहेको बोका जुनियर फुटबल खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताका बिजेता क्लबले नगद २५ हजारसहित ट्रफि, मेडल, प्रमाणपत्र र उपबिजेता क्लबले नगद १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तैं, प्रत्येक खेलमा म्यान अफ द म्याच पुरुस्कार पाउने छन् भने बेष्ट किपर, म्यान अफ द म्याच र हाइ स्कोररलाई पुरुस्कार वितरण गरिने भएको छ ।
बोका जुनियर फुटबल क्लबको खेल मैदानमा आयोजना हुने प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति र उपसमितिहरु गठन गरिएको छ । क्लबका संस्थापक तथा युवा बुद्धिजिवी सुबास मेन्याङ्बोका अनुसार स्थानिय स्तरमा खेलकुदको विकास तथा भावी पुस्ताका लागि प्रेरणा जागृत गर्न, लागु औषध, दुव्यसयनी रोकथाम, नियन्त्रण गर्न, स्वास्थ्य जीवन यापन गर्न, समाजमा मैत्रीपूर्ण र भाइचारा सम्बन्ध स्थापना गर्न लगायतका उदेश्य राखेर प्रतियोगता आयोजना गरिएको हो ।
क्लबमा यसअघि नै २५ सदस्यीय समिति गठन गरिएको छ । अध्यक्षमा सुनिल बोखिम, उपाध्यक्षमा प्रज्जल इमज, सचिव अरुन लक्सम्बा, सहसचिव शुिनल योङहाङ र कोषाध्यक्षमा अमन लामा छन् । त्यसैगरी, पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिको संयोजकमा नविन इजम छन् भने सदस्यहरुमा नन्दकुमार मेन्याङबो, सदस्यहरुमा हरिसंखर सिलवाल, विशाल शेर्मा र सोमकुमार मेन्याङवो छ ।
सो प्रतियोगितामा क्लब (टिम) को संख्या कति हुने भन्ने बारेमा अहिलेसम्म तयार नभएको संस्थापक सुवास मेन्याङबोले जानकारी दिए । प्रतियोगिताको तयारी तिब्र गतिमा भइरहेको र दमकमा चाडै पत्रकार सम्मेलन मार्फत जानकारी गराइने मेन्याङ्बोले जानकारी दिए ।
