दमक, १६ भदौं–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (शनिबार) झापाको दमकस्थित गोर्खा डिपार्टमेन्टको सभा हलमा एक भब्य कार्यक्रमबीच अभिकर्ता सम्मान तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मोरङको १ र झापाका २ वटा शाखा कार्यालयसहित ३ वटा शाखा कार्यालयले संयुक्त कार्यक्रमको आयोजना गरेर दमकमा अभिकर्ता सम्मान तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको हो ।
दमक, विर्तामोड र उर्लावारी शाखा कार्यालयले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी ५ दर्जन बढी विभिन्न विधामा उत्कष्ट हुने बीमा अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी उर्लाबारी शाखा कार्यालयका प्रमुख मोहन कडेलको अध्यक्षतामा र कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माको प्रमुख आतिथ्यतामा अभिकर्ता सम्मान तथा पुनःर्ताजगी तालिम कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा आर्थिक वर्ष ०७९/०८० मा संजालसहितको कोडवाट ब्यवसाय गर्ने, ब्यक्तिगत कोडवाट ब्यवसाय गर्ने, सबै भन्दा बढी बीमा गराउने अभिकर्ता, नेशनल सुपर स्टार प्याकेज लगायतको विधामा उत्कृष्ट हुने अभिकर्तालाई सम्मान गरेको नेशनलको दमक शाखा इन्चार्ज सुमन राईले जानकारी दिनु भयो ।
गत आर्थिक वर्षमा दमक शाखाका २२ जना, विर्तामोड शाखाका १२ जना र उर्लावारी शाखाको १३ जनाले धेरै विमितहरुलाई बीमा गराएको दमक शाखा कार्यालयले जनाएको छ ।
नेशनलको दमक शाखावाट बीमा गराउने अभिकर्ताहरु मध्ये पहिलो टिका खरेल, दोस्रो युवराज दंगाल, तेस्रो नारायण खरेल, चौथो ध्रुबकुमार अधिकारी भएका छन् ।
यसैगरी, दमक शाखावाटै पाँचौ अर्जुन राई, छैठौं रोशनी राई र सातौ हुन सफल अन्जु साँवा लिम्बूलाई प्रमुख अतिथि संस्थाका मार्केटिङ् विभाग प्रमुख विवेक शर्माले सम्मान गर्नुभयो ।

त्यसैगरी, उर्लावारी शाखावाट धेरै विमितहरुलाई विमा गराउन सफल अभिकर्ताहरु मध्ये पहिलो द्धय एलिसा आले मगर, भरत कडेल, द्रोसो गिता थापा, तेस्रो उषा अधिकारी, चौथो बन्धु निरौला, पाँचौ विष्णु निरौला, छैठौं अन्जु निरौला र सातौ स्थान कायम राख्न रविना खड्का सफल भएकी छिन् । यता, विर्तामोड शाखावाट पहिलो हुने दिपा ओली, दोस्रो शेखर शर्मा गुरागाई र तेस्रो कल्पना राई हुनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेशनलका मार्केटिङ विभाग प्रमुख शर्माले बीमा मानिसका लागि पुर्नःजीवन दिने माध्यम भएको हुदा धेरै विमितलाई विमा गराउन अनुरोध गर्नभयो ।
यसैगरी, कार्यक्रमका विशेष अतिथि कोशी प्रदेश प्रमुख नरेन्द्र राई, धरान शाखा कार्यालय इन्चार्ज हरिप्रसाख खतिवडा, इटहरी शाखा कार्यालय प्रमुख भोजमान श्रेष्ठ, पथरी शाखा इन्चार्ज रविन्द्र इङ्गनाम, विर्तामोड शाखा प्रमुख गंगा थापा, विराटचौक शाखा प्रमुख सविन तामाङ लगायतले बीमा के हो ? यसका महत्वको विषय भएको बताएका थिए ।
कार्यक्रममा सम्मानित अभिकर्ताहरु भरत कडेल, दिपा ओली, टिका खरेल र विर्तामोड शाखाका सहायक विकास अधिकृत सुर्य सापकोटा लगायतले वीमाको आवश्यकता र यसको बजारको विषयमा विचार राख्नु भएको थियो ।
नेशनल लाइफ इन्स्योरेन्स दमक शाखा कार्यालय प्रमुख सुमनकुमार राईको सञ्चालनमा भएको कार्यक्रममा विर्तामोड शाखा कार्यालयका सहायक विकास अधिकृत सूर्य सापकोटाले स्वागत मन्तव्य राखेका थिए ।

