झिलझिले, १६ भदौ–झापाका अग्रज पत्रकार दिपीन राई (दिपेन्द्र) प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । झापामा तीन दशकदेखि सक्रिय पत्रकारितामा रहेका राई हाल यलम्बर टाईम्सका सम्पादक तथा प्रकाशक रहेका छन् । नेपाल  आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अगुवा नेता राईद्धारा मुक्तिआवाज पत्रिका प्रकाशन भएको थियो ।

विर्तामोडमा आयोजित कार्यक्रममा उनी माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेशका पूर्व अर्थमन्त्री इन्द्रबहादुर आङ्बो मौसम, पूर्व मन्त्री शिवकुमार मण्डल केवट, पार्टीका केन्द्रीय नेता सावित्रीकुमार काफ्ले समर लगायतका नेता तथा सेन्टर सम्बद्ध पत्रकारहरुको उपस्थितिमा संगठनमा प्रवेश गरेका हुन् । उनी लामोसमयदेखि राष्ट्रिय जनमुक्ति पार्टीमा आवद्ध थिए ।

संगठन प्रवेशका क्रममा उनले पहिचानको मुद्यालाई थप शसक्त बनाउन आफूले यस संगठनमा आवद्ध भएको बताए । उनले आफू लामो समयदेखि माओवादी र तल्लो वर्गका भुइँमान्छेहरुको पक्षमा कलम चलाइरहेको भन्दै आफूलाई समाचार लेखेकै भरमा समेत तत्कालीन शाही सेनाले ब्यारेकमा लगेर बंकरमा पुरेको स्मरण गरे । उनले यसवारेमा बंकर नामक पुस्तक समेत प्रकाशन गरेका छन् ।

सो अवसरमा पार्टीका झापा जिल्ला इन्चार्ज एवम प्रदेश सांसद राजेन्द्र कार्की, पार्टीका केन्द्रीय सदस्य हरि राना, पार्टीका जिल्ला अध्यक्ष राजु आचार्य अग्नि, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापाली, प्रेस सेन्टरका प्रदेश सदस्य डिकेश लामा, जिल्ला अध्यक्ष राजु पाठकलगायतको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *