दमक, १७ भदौं–नेकपा (माओवादी केन्द्र) ले शुरु गरेको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ झापाको दमकमा विभिन्न कार्यक्रम गरी शनिबार उद्घाटन गरिएको छ । दमकको १० वटा वडासहित जिल्लाभरीको एक सय ३१ वटै वडामा फरक–फरक कार्यक्रम गरी तीन महिने अभियान’ उद्घाटन गरिएको हो ।
पार्टीका केन्द्रीय सदस्य, प्रदेश १ का पूर्व मन्त्री तथा प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम), पार्टीका झापा जिल्ला संयोजक राजु आचार्य (अग्नि) लगायतले दमकको कमाण्ड सम्हालिरहेका छन् ।
यसैबीच दमक नगरपालिका वर्डा नं ४ मा नेकपा (माओवादी केन्द्र) वडा कमिटीद्धारा आयोजित जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा वडा कमिटी अध्यक्ष शुसिल कार्कीको अध्यक्षतामा र पार्टीका प्रदेश कमिटी सदस्य तथा वाइसियल प्रदेश कमिटी इन्चार्ज कर्मा पुलामीको प्रमुख आतिथ्यतामा अभियानको उद्घाटन भएको हो । सो कार्यक्रममा पार्टीका जिल्ला सदस्य तथा दमक बहुमुखी क्याम्पसकी पूर्व प्राध्यापक राधिका ओझा, पार्टीका दमक नगर कमिटी सचिवालय सदस्य तथा दमकका उद्योगी व्यवसायी अशिम राईले माओवादी पार्टीले शुरु गरेको जनतासंग माओवादी तीन महिने अभियानको स्वागत सहित अभियानलाई सार्थकता बनाउनेमा जोड दिनुभएको थियो । कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव डिकबहादुर कार्कीले गर्नुभएको थियो ।
त्यस्तै, दमक वडा नम्बर ७ ले किरात भवनमा कार्यक्रमको आयोजना गरेर ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ को उद्घाटन गरिएको छ ।
वडा कमिटीका अध्यक्ष सन्तोष राईको अध्यक्षतामा र पाटीृका केन्द्रिय सदस्य राजु आचार्य अग्नीको प्रमुख आतिथ्यतामा दमक ७ मा अभियानको उद्घाटन गरिएको हो ।
अर्जुनधारा–५ को भानु माविमा भएको कार्यक्रममा उमेश साहलाई पार्टी प्रवेश गराएर कार्यक्रमको उद्घाटन गरिएको थियो । पार्टीका वडाध्यक्ष कमलचन्द्र डाँगीको अध्यक्षता र प्रदेश समिति सदस्य खड्ग तिम्सिना ९पवन० को प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागीहरुले विद्यालय परिसर सरसफाई गरेका थिए ।
त्यस्तै वडा नम्बर ६ को बालविकास केन्द्रमा प्रदेश समिति सदस्य तथा झापा जिल्ला सहइञ्चार्ज सिपी कडरियाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । नारायण चोकमा भएको वडा नम्बर ७ को कार्यक्रममा शहीद डिल्लीनारायण पौडेलकी आमा प्रेमकुमारी पौडेललाई सम्मान गरिएको थियो । उक्त वडाको इञ्चार्ज श्यामबिर लिम्बू रहेका छन् ।
वडा नम्बर ८ का शहीद अनन्त पौडेलका बुवा यामनाथ पौडेल र चन्द्र कडरियाका बुवा विष्णु कडरियालाई सम्मान गरेर कार्यक्रम उद्घाटन गरिएको नगर अध्यक्ष नारद दुखीले जानकारी दिए । अन्य वडाहरुमा समेत विभिन्न रचनात्मक कार्यक्रम गरी अभियानको उद्घाटन गरिएको छ ।
त्यस्तै, हल्दिबारीमा आज रक्तदानसँगै शहीद तथा बेपत्ता परिवारसँग भेटघाट गरी अभियान उद्घाटन गरिएको छ ।
हल्दिबारीका पाँचवटै वडामा विविध कार्यक्रमका साथ अभियानको शुरुवात गरिएको नेकपा माओवादी केन्द्र गाउँपालिका कमिटी सचिव दीप राजवंशीले जानकारी दिए ।
अभियान अन्तरगत माओवादी केन्द्र २ नम्बर वडा कमिटीको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । पार्टी केन्द्रीय सदस्य ममता ताजपुरिया राजवंशीले रक्तदान गर्दै अभियानको उद्घाटन गरिन् । हल्दिबारीको वडा नं ३, ४ र ५ वडामा शहीद तथा बेपत्ता परिवार एवम् पूर्व जनमुक्ति सेनासँग भेटघाट गरिएको छ ।
अभियान अन्तरगत वडा नं ३ मा पार्टीका प्रदेश सल्लाहकार सुरेन मेचे र गाउँपालिका उपाध्यक्ष टीका राउत लगायतको टोली वडा नं ५ विजय लावती, वडा नं ४ मा प्रदेश सदस्य शिखर कडरिया, गाउँपालिका सचिव दीप राजवंशी, जिल्ला सदस्यद्वय देवान टुडू र रामहरि नेपालको लगायत जनताको घरघरमा पुगेका थिए ।
भेटघाटमा शहीद तथा बेपत्ता परिवार एवम् पूर्वजनमुक्ति सेनाहरुले नेता सुध्रिनु पर्ने, जनतासँग नियमित भेटघाट गर्नुपर्ने, जनताको चाहना र आवश्यकता सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।
झापाको बुद्धशान्तिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिव राम कार्की ‘पार्थ’ले जनतासँगको सम्बन्ध घनिष्ठ बनाउनुपर्ने बताए ।
बुद्धशान्ति–४ को टिमाईमा आयोजित गाउँपालिकाको विस्तारित बैठक तथा अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्कीले माओवादीलाई फेरि जनतातिरै फर्काइ दिएको बताए । ‘हाम्रा चालचलनहरु बिग्रिँदै गएका छन्, हामीले साथीभाई बिर्सिएका छाँै’ उनले भने ‘अब हामी सच्चिएर जनतासामु जानु परेको छ ।’
बुद्धशान्तिको सुकुम्बासी, पानीको समस्या लगायत विकासका समस्याहरु सम्बोधन गराउन प्रधानमन्त्रीसँग कुरा राख्नेसमेत उनले आश्वासन दिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा अभियानका मेचीनगर–बुद्धशान्ति संयोजक गोम्बु शेर्पा ९कज्र्याङ०, बुद्धशान्ति गाउँ कमिटी अध्यक्ष प्रेम लिम्बू लगायतले मन्तब्य राखेका थिए ।
यस्तै, मेचीनगरको धुलाबारीमा प्रदेश कमिटी सदस्य राजु दाहालको प्रमुख आतिथ्य तथा केन्द्रीय सल्लाहकार मुुकुलचन्द्र राजवंशीको विशिष्ठ आतिथ्यमा दुई विपन्न जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रममा शिक्षक नेता टीका पौडेल, अभियान प्रमुख प्रकाश खड्का लगायतले बोलेका थिए ।
भद्रपुरमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत भद्रपुर वडा ७ मा अभियान सुरु गरिएको छ । कार्यक्रममा पूर्व सभासद पूर्णसिंह राजवंशी, प्रदेश सदस्य निरु खतिवडा, जिल्ला सदस्य नरपति वानेम, शिबु बुढाथोकी लगायतको आतिथ्य थियो ।
बिर्तामोड नगरपालिका वडा नम्बर ३ विराट पोखरी परिसरमा सरसफाई तथा बोटबिरुवा गोडमेल कार्यक्रम गरेर अभियानको उद्घाटन गरेको छ ।
अभियानको उद्घाटन पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डलले गरेका हुन् । बिर्तामोड–३ का पार्टी वडाध्यक्ष तुलसी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अभियान बिर्तामोड कमाण्ड प्रमुख कल्पना कार्की (भूमिका), पार्टीका केन्द्रीय सल्लाहकार टेकबहादुर साहशंकर, बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्वा, उपाध्यक्ष कमल कडरिया, छायाँ सिग्देल, वडा इञ्चार्ज जगन्नाथ भट्टराई लगायतको उपस्थिति थियो ।
बिर्तामोड–४ मा कार्यकर्तासँग अन्तरक्रिया गरेर अभियानको उद्घाटन गरिएको छ । पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डल, बिर्तामोड–४ का अभियान संयोजक राकेशकुमार सिंह, वडा उपाध्यक्ष धनसिंह राजवंशी, ओमप्रकाश श्रेष्ठ ४ नं। वडा कमाण्ड प्रमुख देवकला प्रसाई, बिर्तामोड नगर उपाध्यक्ष कमलप्रसाद कडरिया लगायतको उपस्थिति थियो ।
कमल गाउँपालिका वडा नं। ७ का यूवाहरुले आज श्रमदानबाट भत्किएको सडक मर्मत गरेका छन् । ३ महिने अभियानमा कमल गाउँपालिकामा बृक्षारोपण, सडक तथा बजार सरसफाई लगायतका कामको थालनी गरेको कमलमा अभियान संयोजक माओवादी केन्द्र कोशी प्रदेशका सहसचिव गणेश उप्रेती ९शुशिल०ले बताए ।
त्यस्तै दमक ७ मा शहीद तपिन राई, धिरेन चोम्जोङ र गोमा मिश्रको परिवारलाई सम्मान गरेर अभियान उद्घाटन गरिएको छ । अन्य वडाहरुमा वृक्षारोपण, सडक सरसफाई लगायन कार्यक्रम भएको जानकारी दिइएको छ ।
