दमक, २७ भदौं–झापाको दमक–६ बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको स्वणर्लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १४औं बार्षिक साधारण सभा इकाइगत रुपमा सम्पन्न गरेको छ । गत २१ भदौंदेखि सुरु सेवा केन्द्र स्तरीय इकाईगत वार्षिक साधारणसभापछि मंगलबार दमकस्थित केन्द्रिय कार्यालयमा १४औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

मंगलबार दमकको कस्मिक पार्टी प्यालेसमा आयोजित साधारण सभाको प्रमाणिकरण समारोह राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

वार्षिक साधारणसभाको अवसर पारेर संस्थाका शेयर सदस्यहरुको छोराछोरीहरुबाट कक्षा १२ उर्तिण गर्ने तीन जना (महिला–पुरुष) लाई नगद ५ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

त्यस्तैगरी, सहकारी अभियानका बारेमा सञ्चारकर्मको भूमिका महत्वपूर्ण रहेको भन्दै दमकका पत्रकार मनकुमार विश्वकर्मलाई नगद १० हजारसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मानपत्रले कार्यक्रममा सम्मान गरिएको थियो ।

यता, संस्थामा कार्यरत कर्मचारीहरुबाट आ–आफ्नो जिम्मेवारीमा थप उत्कृष्ट कार्य सम्पादन गर्नका लागि प्रोत्साहन गर्न संस्थाले बिगत वर्षदेखि सुरु गरेको कर्मचारी प्रोत्साहन पुरुस्कार यसवर्ष झिलझिले सेवा केन्द्रका प्रमुख शुसिल गतौला (हिरो अफ दी स्वर्णलक्ष्मी), उत्कृष्ट कर्मचारीबाट कृतिका दाहाल भटटराई (सुरुङ्गा), गणेश भट्टराई (उर्लाबारी), कमल गतौला (दमक बजार प्रतिनिधि), सानी भट्टराई (दमक बजार प्रतिनिधि) र झलक गौतम (दमक बजार प्रतिनिधि) लाई नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

सो अवसरमा प्रमुख अतिथी पोखरेलले सहकारीहरुले आफना शेयर सदस्यहरुको विश्वास जिनेर आकर्षित गर्न नसक्दा अप्ठयारोमा परिरहेको उल्लेख गरे । पोखरेलले सहकारी अभियानका बिषयमा सदस्यहरुलाई बुझाउनु अभियान्ताहरुकै दायित्व भएको पनि बताए ।

अहिलेको परिस्थितमा सहकारीमा देखिएका समस्यासँग जुध्न सहकारी संस्थाहरु र अभियान्ताहरुबीच हातेमालोको आवश्यकता औल्याएका पोखरेलले सहकारी क्षेत्रले मुलुकको आर्थिक क्षेत्रमा १८ प्रतिशत योगदान दिएको चर्चा गरे ।

बार्षिक साधारणसभाको उद्घाटन समारोहमा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष अध्यक्ष तुलाराम न्यौपाने, राष्ट्रिय सहकारी बैक दमक शाखा प्रमुख मुना केसी।, कञ्चनजंघा बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष मणि भण्डारी, दमक ६ का वार्ड अध्यक्ष टेकबहादुर थापा, मेची बहुउद्धेश्यीय सहकारी संस्थाका कार्यकारी अधिकृत खोम वगाले, पूर्व नेपाल बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष बुद्धिसागर वरालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष बरालले सञ्चालक समितिको र लेखा सुपरिवेक्षण समितिका संयोजक गायत्रीप्रसाद पराजुलीले लेखा प्रतिवेदन पेश गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख व्यवस्थापक कमल घिमिरेले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *