झिलझिले, २८ भदौं–झापाको शिबसताक्षी–८ झिलझिलेस्थित सम्झाना चौकका युवाहरुले वडा दशैं तथा दिपावलीको अवसर पारेर असोज ११ देखि २० गतेसम्म फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सम्झाना चौकका खेलप्रेमी युवाहरुले स्थापना गरेको बोका जुनियर फुटबल क्लबको आयोजनामा हुने फुटबल प्रतियोगितामा झापा, मोरङ, इलामसहित आयोजक बोका जुनियर फुटबल क्लबको निलो र रातो गरी १६ टिमको सहभागिता रहने छ ।
प्रतियोगिता आयोजक बोका जुनियर फुटबल क्लबले बुधबार झिलझिलेस्थित सम्झना चौकको युङ्गी क्याफे एण्ड बारमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी, आम्दानी, खर्च, पुरुस्कार र सहभागित क्लबहरुको संख्याको बारेमा जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा प्रतियोगिता सञ्चालन समितिका संयोजक सुबास मेन्याङबोका अनुृसार प्रतियोगिताका बिजेता टिमले नगद २५ हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र पाउने र उपबिजेता टिमले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
त्यस्तैं, प्रतियोगिताभरी धेरै गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट किपर, उत्कृष्ट कोचलाई नगद सहित पुरुस्कृत गरिने भएको छ । त्यसैगरी, प्रत्येक खेलमा म्यान अफ दी म्याचबाट एक खेलाडीलाई नगदसहित पुरुस्कृत गरिने प्रतियोगिता आयोजक संस्था बोका जुनियर फुटबल क्लबले जनाएको छ ।
अनुमानित ३ लाख खर्च हुने प्रतियोगिताका लागि मु्ख्य प्रायोजक शिबसताक्षी नगरपालिकाको कार्यालय वडा नम्बर ८ झिलझिले, बैदिेशिक रोजगारीको शिलशिलामा इजरायलमा बसोबास गर्नेहरुको साझा संस्था किरात याक्थुम चुम्लुङ इजरायल शाखाले मुख्य प्रयोजकको रुपमा सहयोग गर्ने भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
त्यसैगरी, झिलझिलेका पुर्व खेलाडी, खेल प्रेमी, हाल सामाजिक क्षेत्रमा सक्रिय सम्झाना चौक निवासी मनोज लावोतीले प्रतियोगिताको सहप्रयोजकको खर्च बापत आर्थिक सहयोग गर्र्ने भएका छन् ।
पत्रकार सम्मेलनमा प्रतियोगिता उपसमितिका संयोजक सुबास मेन्याङबोका अनुसार आयोजक बोका जुनियर फुटबल क्लबको दुई टिम निलो र रातोसहित १६ वटा टिमले सहभागिता जनाउने पक्कापक्की भएको छ । प्रतियोगिताको पहिलो र दोस्रो चरणमा दैनिक दुई खेल हुने मेन्याङबोले जानकारी दिए ।
मेन्याङ्बा्का अनुसार प्रतियोगितको फाइनल खेल असोज २० गतेका दिन अण्डर १५ का खेलाडीहरुको टिम फाक्त्तेप अण्डर १५ र आयोजक बोका जुनियर फुटबल क्लब अण्डर १६ का खेलाडीहरुबीच मैत्रीपूर्ण खेल समेत हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न उपसमितीहरु गठन गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न शुनिल योङहाङको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।
त्यस्तैं, शिबसताक्षी–७ का पूर्व अध्यक्ष, नगरपालिकाका पूर्वप्रवत्ता एबम् नेकपा (एकीकृत समाजवादी) का नेता नविन इजमको संयोजकत्वमा निर्माण व्यवसायी बिशल शर्मा, झिलझिलेका युवा व्यवसायी हरिशंकर सिलवाल रहेको सल्लाहकार समिति गठन गरिएको छ ।
त्यस्तैं, खेल मैदान व्यवस्थापन समिती, मञ्च निर्माण तथा व्यवस्थापन समिति, स्वयमसेवक उपसमिति लगाययतका जिम्मेवारी सम्पन्न गर्न समितिहरु गठन गरिएको छ ।
पत्रकार सम्मेलनमा बोका जुनियर फुटबल क्लबका अध्यक्ष सुनिल बोखिम, उपाध्यक्ष प्रज्जल इजम लिम्बु, सल्लाहकार समितिका संयोजक तथा शिबसताक्षी–७ का पूर्व वार्ड अध्यक्ष नविन इजम, सल्लाहकार सदस्य तथा निर्माण व्यवसायी बिशाल शेर्मा लगायतको उपस्थिती रहेको थियो ।
