काठमाण्डौं, २८ भदौं–नेकपा (एकीकृत समाजवादी) ले आफ्ना पार्टीका नेताहरूको कार्यविभाजनमा हेरफेर गरेको छ। केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।

त्यस्तै, नेता झलनाथ खनाल विदेश विभाग प्रमुखका रूपमा रहेका छन् भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाएका छन्। पार्टीका प्रतिष्ठानअन्तर्गत इन्चार्जको जिम्मेवारी प्रदीप नेपालले पाएको उपाध्यक्ष हमालले जानकारी दिए।

पूर्वमन्त्री पराजुली सचिवमा मनोनीत

एकीकृत समाजवादीले पूर्वमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनीत गरेको छ। हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको बैठकले पराजुलीलाई सचिवमा मनोनीत गरेको पार्टीका उपाध्यक्ष हमालले जानकारी दिए।

उनका अनुसार पराजुली वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानहुँदै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। यही भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार उहाँहरूलाई केन्द्रीय सदस्य मनोनीत गरिएको हमालको भनाइ थियो।

केन्द्रीय सदस्यमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दीपक केसी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मीना लामा, रामप्रसाद ढुंगाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय मनोनीत भएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *