दमक, ३० भदौं–संरक्षण र विकासको पर्खाइमा लामो समयदेखि रहिआएको दमकको दक्षिणी क्षेत्रमा अवस्थित इन्द्रेणी ताल संरक्षण समितिले नयाँ नेतृत्व पाएको छ । दमक–१० मा अवस्थित इन्द्रेणी तालको संरक्षण र विकासका निम्ति वडा जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, राजनीतिक पार्टी र स्थानीय सरोकारवाला संघसंगठनहरुको भेलाले आज (शनिबार) इन्द्रेणी ताल संरक्षण समिति पुर्नगठन गरिएको हो ।

पुर्नगठित समितिको अध्यक्षमा स्थानीय बुद्धिजीवि घनश्याम खनाललाई सर्वसम्मत चयन गरिएको र खनालको अध्यक्षतामा ११ सदस्यीय इन्द्रेणी ताल संरक्षण समिति पुर्नगठन गरिएको इन्द्रेणी युवा क्लबका अध्यक्ष समेत रहनुभएका इन्द्रेणी ताल संरक्षणको क्षेत्रका काम गर्दै आउनुभएका सुवास सुवेदीले जानकारी दिनुभएको छ ।

इन्द्रेणी ताल संरक्षण समितिको उपाध्यक्षमा बिनोद न्यौपाने, सचिवमा बिशाल कुँवर, सहसचिवमा सुवास राई र कोषाध्यक्षमा मोनिका दंगाल छन् ।

इन्द्रेणी ताल (सिमसार) नजिकै राधाकृष्ण मन्दिरको भवनमा आयोजित भेलाले ११ सदस्यीय समिति गठन गरिएको हो । आजको भेलाले नौ सदस्यीय समिति गठन गरिएको र आगामी बैठकले समितिको दुई सदस्यमा मनोनित गरिने भएको छ ।

दमक–१० का वार्ड सदस्य तथा भेलाको प्रमुख अतिथि जंगबहादुर राईको संयोजक तथा सहजिकरणमा भेलाले इन्द्रेणी ताल संरक्षण र विकासको निम्ति अधिकतम प्रयासहरु गरिने सहभागि बक्ताहरुले जोड दिएका थिए ।

सो अवसरमा दमक–१० का पूर्व वार्ड अध्यक्ष बोधराज न्यौपाने, अम्बिका खनाल, इन्द्रेणी युवा क्लबका अध्यक्ष सुवास सुवेदी, संगम स्पोपटिङ क्लबका अध्यक्ष रविन कटुवाल, दमक–१० का राप्रपा अध्यक्ष रोम भण्डारी, दमक १० का नेकपा (एमाले) अध्यक्ष ओमप्रकाश दुलाल, राप्रपाका नेता खगेन्द्र भट्टराई लगायतको उपस्थिति थियो ।

यसअघि, संघीय सरकारका भौतिक तथा पूर्वाधार मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य मेटमणी चौधरीले इन्द्रेणी तालको अध्ययन तथा अवोलकन गर्नुभएको थियो । सो क्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाई, दमक १० का वार्ड अध्यक्ष राजेन्द्र भण्डारी, इन्द्रेणी ताल संरक्षण सम्बन्धी काम गद्र्रै आएका स्थानीयवासी एबम् नेकपा (एकीकृत समाजवादी) दमक नगर सचिव सुवास स्वेदी लगायतसंग मन्त्री चौधरीले छलफल गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *