दमक, ३० भदौं–क्लब हिमालयन टाइगरले आज (शनिबार) दमकमा हरितालिका तीज विशेष कार्यक्रम आयोजना गरी महिलाहरुका लागि दर खुवाउनुका साथै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

क्लब हिमालयन टाइगरका अध्यक्ष रेवतराज भण्डारीको अध्यक्षतामा र दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

दमक–८ स्थित होटल सुवोधमा आयोजित कार्यक्रमको उद्घाटनको अवसर पारेर दमक नगरपालिकामा सरसफाई विभागमा कार्यरत महिलाहरु र दमक नगर प्रहरीका महिलाहरुलाई सम्मान गरिएको थियो ।

उनीहरुलाई दमक नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि थापा र आयोजक संस्था क्लब हिमालयन टाइगरका अध्यक्ष भण्डारीले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।

सम्मानित हुने सरसफाईका महिलाहरु सुमित हस्दा, माहारानी, शान्ता कडेल, गीता मुरमुर, तालामई टुडु, शान्ता माझी, लक्ष्मी चौधरी, फुलमाया राई, फुलकुमारी राई, दिपा सुन्दास, जानुका दर्जी लगायत ३० जना बढी थिए । त्यस्तैं, दमक नगर महिला प्रहरीहरुमा निशा धिमाल, सुनिता कुमाल र संगीता नेपाल थिइन् ।

सो कार्यक्रममा दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एबम् क्लब हिमालयन टाइगरका सदस्य राजु खड्का, क्लबका महासचिव तेजकुमार श्रेष्ठ, क्लबका दमक शाखा अध्यक्ष मेघनाथ फुयल, सल्लाहकार तथा दमकका युवा व्यवसायी गणेश प्रधान, गोविन्द (राजु) निरौला, लगायतको उपस्थिति थियो ।

सो अवसरमा कार्यक्रमको महत्वसहित संस्थाको बारेमा क्लब हिमालयन टाइगरका अध्यक्ष भण्डारीले प्रस्तुत गर्नुभएको थियो । वहाँले समाजमा सम्मानित जीवन यापन गर्ने आधा आकाश महिलाहरुको महान पर्व हरितालिका तीज विशेषमा दमक नगरको सरसफाई कार्यमा कार्यरत महिलाहरु र दमकको शान्ति सुरक्षामा कार्यरत नगर प्रहरीमा कार्यरत महिलाहरुलाई एकै स्थानमा राखेर सम्मान गरिनुका साथै दर खुवाइएको बताउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *