छविराज ढकाल/पथरीशनिश्चरे, ३१ भदौ–नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेशका इन्चार्ज घनेन्द्र बस्नेतले आजको आवश्यकता अनुसार मुलुकका विभिन्न वामपन्थीहरुको साझा मोर्चा बनेको बताउनु भएको छ।
उहाँले हिजो (शनिबार) मोरङको पथरीशनिश्चरेमा नेकपा एकीकृत समाजवादीको छैंठौं पुर्ण बैंठकमा निर्देशनसहित संबोधन गर्दै सो कुरा बताउनुभएको हो ।
एकीकृत समाजवादीले हालै काठमाडौंमा सम्पन्न भएको केन्द्रीय उक्त बैठकले गरेका महत्वपूर्ण निर्णयहरू सर्कुलर गर्नुका साथै पार्टीलाई जनजनमा पुर्याउन अपनाईएको अभियान सञ्चालन गर्ने बारे जानकारी दिईएको थियो।
एकीकृत समाजवादी जिल्ला कमिटी मोरङको अध्यक्ष चन्द्रवीर राईको अध्यक्षतामा भएको बैठकमा बैठकका एजेण्डाहरू प्रस्तुत गरिएको थियो ।
प्रमुख अतिथि समेत रहनुभएका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले(ुसमाजवादी मोर्चा रणनीतिक तथा सांगठानिक अघि बनाउने उद्देश्यका साथ सबै समाजवादी भन्नेहरूको साझा मोर्चा भएको बताउनु भयोे। उहाँले ुयो आजको आवश्यकता अनुसारको वामपन्थी मोर्चा हो। यो मोर्चाले राष्ट्रियता र लोकतन्त्रको संरक्षण गरेको छ, नेता बस्नेतले भन्नुभयो।
वस्नेतले अहिले भुराजनैतिक कारण हाम्रो मुलुकको अस्तित्व धेरै संकटमा रहेको ु औल्याउनु भएको थियो। सोहि क्रममा केन्द्रीय कमिटीका सचिव एवम प्रदेश सह इन्चार्ज राजेन्द्र कुमार राईले निराशाले पार्टी नबन्ने भन्दै जनवादी समाजवादीको धार यो पार्टीले अंगालेकाले आगामी दिनहरुमा सफल पार्टीको रूपमा स्थापित हुने कुरामा ढुक्क हुन आग्रह गर्नुभएको थियो।
सोहि बैठकमा पोलिटब्युरो सदस्य एंव प्रदेश कमिटीका सचिव महेश रेग्मीले पार्टीको सांगठानिक गतिविधि बढाउदै जनमुखी कार्यहरू अगाडि बढाउन सशक्त रूपमा लाग्न निर्देशन दिनुभएको थियो।एक सच्चा कम्युनिष्ट क्रान्तिकारी पार्टीको रूपमा स्थापित गर्न सकिने बताउनुभयो।
कोशी प्रदेशकी सांसद् विद्या चाम्लिङ, केन्द्रीय सदस्य कृष्ण कुमारी विक, मोरङको ईन्चार्ज हर्कमान तामाङ लगायतका नेता तथा कलाकारहरूको उपस्थिति रहेको सो बैठकमा मोरङको उपाध्यक्ष एवं केन्द्रीय परिषद चण्डी प्रसाद राई स्वागत मन्तव्य राख्नु भएको थियो ।
सोहि अवसरमा मोरङको जिल्ला कमिटी उपाध्यक्ष उद्धव पोख्रेलले केन्द्रिय पार्टीको घोषणा गरेका सांगठानिक गतिविधि तथा अभियानका लागि कार्यक्रमहरु संचालन गर्नेबारे जानकारी दिनुभयो।
मोरङका १७ वटै पालिकाका पार्टी कमिटीले आ आफ्नो तर्फबाट गरिएका विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिहरूसहित रिपोर्टिङ गरिएको छ। पथरीशनिश्चरे नगर कमिटीका अध्यक्ष तुलसी ढकाल, उर्लावारी नगर कमिटीका डिबी थापा, लेटाङ्ग गांउ पालिकाका ईन्चार्ज ईन्द्र सुवेदी, केराबारी ,मिक्लाजुङ, सुन्दरहरैँचा, ग्रामथान, लगायतका पालिकाका नेता तथा कार्यकर्ताहरुहरूले रिपोर्टिङ गर्नुभएको छ।
बैठकमा एमसीसी जस्तो संझौता राष्ट्रघाती भएको टिप्पणी गरेका थिए भने पार्टीले पटक पटक सत्तामा बसेर जनमुखी कार्यक्रमहरू संचालन गर्न नसकेको गुनासो गरेका थिए। पार्टी नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने बताए।
