बाँके, ३१ भदौं–बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँ गाउँ नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान बम विष्फोट हुँदा सडकमा क्षति पुगेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घटनास्थलमा विष्फोटक वस्तुमा प्रयोग भएका तार र चाउचाउको खोल भेटिएको छ।

विस्फोटले सडकमा भ्वाङ परेको छ। प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक तिवारीले बताए।

सडकमा भ्वाङ परेकाले एकतर्फी रूपमा मात्र सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *