काठमाडौं, १ असोज–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाएका छन्।

आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन तस्करी गरेको ओलीको जिकिर थियो।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित ‘बढ्दो महँगी र उपभोक्ता हित’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सरकारले ‘चिलतिर औंलो देखाएर कुखुरा उडाएको शैलीमा’ क्विन्टलका क्विन्टल सुन तस्करी गरेको टिप्पणी गरे।

अध्यक्ष ओलीले माओवादी नेता कृष्णबहादुर महरा बाबुछोराप्रति संकेत गर्दै साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउन २९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही पनि नगरेकोमा आक्रोशसमेत व्यक्त गरे।

वर्तमान सरकार उपभोक्तामाथि संस्थागतरुपमै गैरजिम्मेवार रहेको भन्दै ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्य च्यूत नहुन पनि सचेत गराए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *