काठमाडौँ, १ असोज–नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा.गङ्गालाल तुलाधरका पिता रामबहादुर तुलाधरको पाटन अस्पातलमा उपचारका क्रममा ९७ वर्षका उमेरमा निधन भएको छ ।

उनी उच्च रक्तचापलगायत रोगबाट पीडित थिए । पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजसेवी रामबहादुरको निधनको खबरले अन्तन्तै मर्माहत तुल्याएको बताएका छन् ।

खनालले आज एक शोक सन्देश जारी गर्दै उनीप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *