दमक, ३ असोज–संविवधान दिवसको अवसर पारेर नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले आज (बुधबार) साझ दमकमा दीप प्रज्जवलन गरिएको छ । दमकस्थित गोर्खा डिर्पाटमेन्टको प्राङ्गणमा एकीकृत समाजवादी दमक नगर कमिटीले नवौ संविधान दिवसमा शुभकामना आदान-प्रदानसहित दीप प्रज्जवलन कार्यक्रम गरिएको हो ।
दीप प्रज्जवलन कार्यक्रमपछि समाजवादी प्रेष संगठन झापाका अध्यक्ष अनिलदेब राई, नेकपा (एकीकृत समाजवादी) दमक नगर इन्चार्ज हरिप्रसाद नेपाल, एकीकृत समाजवादी दमक नगर कमिटी अध्यक्ष रोशन भण्डारीले नवौं संविधान दिवसको अवसरमा मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य हरिकृष्ण पौडेल, एकीकृत समाजवादी दमक नगर उपसचिव मदन गुरुङ, दमक बहुमुखी क्याम्पस स्ववियू सदस्य तथा अनेरास्ववियूका नेता अब्जल सिटौला, एकीकृत समाजवादी निकट स्वास्थ्यकर्मी चन्द्र थापा लगायतको उपस्थिति थियो ।


