काठमाडौँ, ३ असोज–नेपाल शिक्षक महासंघले आन्दोलनकारी शिक्षकहरूलाई कारबाही गरे प्रतिवाद गर्ने बताएको छ।

काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरे शिक्षकहरूलाई कारबाही गर्ने चेतावनी दिएपछि महासंघले आज एक विज्ञप्ति जारी गरी कारबाही गरे प्रतिवाद गर्ने चेतावनी दिएको हो।

महासंघका अध्यक्ष राजेन्द्र अधिकारी र सचिव हेरम्बराज कँडेलले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा सहभागी भएबापत कोही कसैले कारबाही गरेमा त्यसको महासंघको नेतृत्वमा सामूहिक प्रतिवाद गर्ने जनाइएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *