केर्खा, ३ असोज–झापाको केर्खा वजारमा निर्माण गरिएको राई जातिको संस्कृतिमूलक वाबुक (चिण्डो) बुधबार अनावरण गरिएको छ ।

संविधान दिवसका अवसर पारेर किरात राई यायोक्खा कमल प्रांरम्भिक समितिले निर्माण गरेको वाबुक स्तम्भको यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले अनावरण गरे । अनावरणका क्रममा उनले हरेक जातिले आफनो कला, संस्कृति जगेर्ना आवश्यक भएको औल्याए ।

उक्त चिण्डो स्थापना गर्न यायोक्खाले प्रविण राईको संयोजकत्वमा संयोजकत्वमा वुद्धिमान राई सचिव, कोषाध्यक्ष सेलिना राई र सदस्यहरु मुलुकसिड राई, नवराज राई, ज्ञानसिड राई, प्रकाश राई रहेको ७ सदस्यीय निर्माण समिति गठन गरिएको थियो ।

सोहि समितिले करिव २ लाख रकम जुटाएर सो स्तम्भ निर्माण गरेको हो । उक्त चिण्डो मूर्तिकार स्थानीय मदन राईले तयार गरेका हुन् ।

त्यस अवसरमा किरात लिम्बू जातिको केलाङ र राई जातिको साकेला समेत प्रस्तुति दिएका थिए । साथै, कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न गीत, नृत्यहरु प्रस्तुत गरेर थप मनोरञ्जन प्रदान गरेका थिए ।

स्तम्भ निर्माण समितिकी कोषाध्यक्ष सेलिना राईले स्वागत मन्तव्य राखेको सो अनावरण कार्यक्रममा यायोक्खाका अगुवाहरुले राजनीतिक, सामाजिक तथा आर्थिक रुपले रुपान्तरण गर्न पनि हरेक जाति,समुदायको पहिचान प्रत्याभूत हुनुपर्ने जोड दिएका थिए ।

कार्यक्रममा यायोक्खाका प्रदेश अध्यक्ष पारषमणि राई, नेफिन सुनसरीका अध्यक्ष राम माण्डुपा राई, राई विद्यार्थी संघका जिल्ला अध्यक्ष मिलन रुम्दाली, सामाजिक व्यक्तित्व दिलीप राई, किरात याक्थुङ चुम्लुङका संघीय सदस्य चन्द्रकला सुब्बा, विभिन्न जातिय संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

कमल गाउँपालिका ३ केर्खा वजारमा यसअघि लिम्बू जातिको सांस्कृतिक सिलामसाक्मा निर्माण गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *