काठमाडौँ, ५ असोज–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले कम्युनिष्ट पार्टीको झण्डा हल्लाउदैमा समाजवाद आउछ भन्ने भ्रम बाढि रहेको आरोप लगाउनु भएको छ।
शुक्रबार काठमाडौँको बानेश्वरस्थित अपर्ण बैङ्केटमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोश्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै महासचिव भुसालले उक्त आरोप लगाउनु भएको हो।
उहाँले भन्नुभयो, ‘तत्कालिन नेकपा कालको मुख्य विवाद नै समाजवाद थियो। हामीले समाजवादी कार्यक्रमका निम्ति काम गरौं भन्यौं। केपीजिले त्यो मान्नु भएन। हामी राष्ट्रिय पूँजिपतिको पक्षमा थियौं। केपी ओलीहरू उत्पादन र रोजगारी नगर्ने पूँजिपतिको पक्षमा थिए। हामी काम गरेर बाँच्नुपर्छ भन्नेमा छौं। अरू नकमाएर खानेको पक्षमा थिए। केपी ओलीहरूले कम्युनिष्टको झण्डा हल्लाएपछि समाजवादी आइहाल्छ भन्नेमा छन्।’
महासंघका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षता तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतित्थ्यतमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव राजेन्द्र बरालले गर्नु भएको थियो।
