काठमाडौ, ५ असोज–राष्ट्रिय हित सुरक्षा विभागद्वारा “राष्ट्रिय हित र सुरक्षा ” विषयक अन्तरक्रिया सम्पन्न भएको छ । बिहीबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा भएको कार्यक्रममा अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपालले “दुई विशाल छिमेकी मुलुकबीच रहेको नेपालले कुशल कुटनीतिको माध्यमबाट राष्ट्रिय हित प्रर्वद्धन गर्न सकिने बताउनु भयो ।” नेपाल भित्र सूक्ष्म व्यवस्थापन गर्न खोज्नु र यहाँको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न खोज्दा त्यसको परिणाम प्रत्युत्पादक हुने कुराको समेत सचेत गराउँदै अध्यक्ष नेपालले देश भित्रको कर्मचारी र परराष्ट्र मन्त्रालयका कर्मचरी तन्त्रका काम क्रियाकलाप सन्तोषजनक नरहेकोमा दुःख व्यक्त गर्नु भयो ।

आफू पटक पटक मन्त्री र प्रधानमन्त्रीको हैसियतले भारत भ्रमण गर्दा भारतिय समकक्षी तथा त्यहाँका कर्मचारीतन्त्रमा नेपाललाई गलाउने नीति अङ्गीकार गरेको स्मरण उहाँले गर्नुभयो । कार्यक्रमका विशेष अतिथि नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष प्रमेश हमाल आफ्ना भनाई राख्ने क्रममा “युवाहरूलाई विदेश पठाएर देश कहिल्यै विकशीत नहुने जिकिर गर्नु भयो । ५० लाख नेपालीको रेमिट्रयान्सले देश चल्नु देशहितको लागी शुभ संकेत मान्न नसकिने हमालको भनाई थियो ।

उहाँले कुनै समय चामल निर्यात गर्ने देश, आज चामल आयात गर्नु पर्ने तथा देशमा खेती योग्य जमिन बाझो भएका कारण कृषि उत्पादनमा ह्रास आएको भन्दै हाम्रो सरकारले असंलग्न परराष्ट्र नितीलाई अपनाउनु पर्ने र कुनैपनि शक्ति राष्ट्रको सैनिक समुहमा सामेल भएर कसैसँग युद्धमा सामेल नहुदाँ नै देशको सम्प्रभुताअक्षुण्ण रहने कुरामा जोड दिनु भयो ।

अन्तकृया कार्यक्रममा राष्ट्रिय हित सुरक्षा विभागका सदस्यद्वय चन्द के.सी., मनोज कुमार चौधरी, नेपाल बुद्धिजीवी परिषद् समाजवादीका केन्द्रिय उपाध्यक्ष डा.झोकेन्द्र थापा, सचिव भोला गुरागाई, हिमलाल पुरी, दलित मुक्ति संगठनका केन्द्रिय उपाध्यक्ष एवम् पार्टी केन्द्रिय कमिटी सदस्य श्री प्रसाद पासवान, लगायतका नेताहरुले राष्ट्रिय हित र सुरक्षा सम्बन्धी विषयमा सहभागि हुनु भएको थियो ।

विभागका प्रमुख पुष्पा कुमारी कर्णको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सुधिरमानविके खातीद्वारा संञ्चालन गर्नु भएको थियो भने विभागका सदस्य काजी थापाद्वारा स्वागत मन्तव्य राख्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *