दमक, ६ असोज–चुलाचुली रङ्गमञ्चले २६ असोजदेखि ३० असोजसम्म झापाको दमकमा ‘झोडा’ नाटक मञ्चन गर्ने तयारीमा जुटेको छ । दमकस्थित किरात भवनमा मञ्चन गरिने नाटक झोडालाई पत्रकार एबम् साहित्यकार चेतन डरले निर्देशन गरिरहेका छन् ।

प्रसिद्ध साहित्यकार, संगीतकार, गीतकार, गायक गणेश रसिकको आकाशगंगाको ओतमुनि उपन्यासमा आधारित नाटक झोडाले आमदर्शकको मन जित्न सक्ने निर्देशक चेतन डरले बताए ।

चुलाचुलीमा बसेर पत्रकारिता र कलाकारिताको विकासमा सक्रिय चेतन डरले यसअघि दर्जन बढी नाटकहरु निर्देशन गरिसकेका छन् ।

नाटकमा आफ्नो थाकथलो, बाउ–बाजेले निर्माण गरेको गाउँ र समाजलाई छोडेर मधेशमा बसाई आउनुका रहस्य र मधेशमा भोगेका कथा र पीडाहरुलाई चित्रण गरिएको छ ।

त्यस्तैं, नाटकमा माया र प्रेमलाई समेत उजागार गर्न खोजिएको छ । लिम्बू जाति वा समुदायको बोली, भाषा, लवजसहित धिमाल जाति समुदायको मौलिकता, समाज, खानपान, जीवन भोगाई र भााषा, धर्म र साँस्कृतिक भेषभुषालाई नाटक झोडामा देखाइएको छ ।

असोज २६ गतेदेखि दमकस्थित किरात भवनको सभाहलमा मञ्चन हुने नाटकका निर्माता सुरेश माङपाहाङ राई, नाट्य रुपान्तरण सुमन लिङदेन र व्यवस्थापन सूर्य लिम्बुले गरिरहेका छन् ।

नाटकमा अधिकाश कलाकारहरु पुराना छन् । केही कलाकारहरुले यहि नाटकबाट डेब्यु गर्ने भएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *