झिलझिले, ६ असोज–पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा आज (शनिबार) एक कार्यक्रमबीच वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
झापाको शिबसताक्षी–११ झिलझिलेस्थित सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास संस्थाको वार्षिक साधारणसभाको उद्घाटन नगर प्रमुख मेघाहाङ (रोशन) थोप्राले गर्नुभएको थियो । उद्घाटन समारोहपछि प्रमुख अतिथि समेत रहनुभएका थोप्रोले सताक्षीधामको धार्मीक महत्वलाई प्रचारप्रसार गर्न र आगामी वर्षमा सताक्षीधाममा आगान्तुक धार्मीक तीर्थालुहरुको संख्यामा बृद्धि गरिनुपर्नेमा जोड दिनुभएको थियो ।
नगर प्रमुख थोप्रोले पूर्वको मह्रत्वपूर्ण धार्मीक तीर्थस्थलको रुपमा परिचित सताक्षीधामलाई पर्यटनको विकासमा समेत संगसंगै लैजान आवश्यक रहेको बताउनुभयो । वहाँले धार्मीक पर्यटनको रुपमा सताक्षीधामको विकासमा रुपान्तरण गरेर स्थानीयवासीको आय–आम्दानीमा टेवा पुग्नेमा आशा गर्नुभयो ।
सो अवसरमा संस्थाको तर्फबाट अध्यक्ष तुलाराम वोखिमले आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदनसहित अक्षयकोष सञ्चालन सम्बन्धी कार्यविधि र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९।०८० असार मसान्तको वासलात अनुसार ५२ लाख २६ हजार ४ सय ७९ रुपैया ३६ पैसाको विवरण प्रस्तुत गरिएको थियो ।
सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष तुलाराम बोखिमको अध्यक्षतामा र शिवसताक्षी नगर प्रमुख मेघाहाङ रोशन) थोप्राको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा सम्पन्न भएको थियो । साधारण सभामा प्रमुख अतिथीसहित सहभागिहरुलाई संस्थाकोतर्फबाट उपाध्यक्ष उदयप्रकाश राईले स्वागत मन्तव्य सहित सताक्षीधामको धार्मीक तथा पर्यटकीय महत्व र विकासका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममाा संस्थाका अध्यक्ष वोखिमले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा तत्कालिन शिवगञ्ज गाँउ पञ्चायतका उप–प्रधान पञ्च तथा धार्मिक व्यक्तित्व उपमणि प्रसाईको अध्यक्षतामा गठित सताक्षीधाम विकास समितिदेखिका विवरणहरु उल्लेख गरिएको छ । पूर्वपश्चिम लोकमार्गको झिलझिले सडक खण्डबाट उत्तर साढे ४ किलोमिटर उत्तरमा अवस्थित सताक्षीधाम मन्दिर परिसरको मुहार द्रुत गतिमा फेरिदै गएको र आगामी वर्षमा थप योजनाहरु सञ्चालन गरिने प्रतिवेदनमा छ ।
अध्यक्षको प्रतिवेदनमा धाम परिसरमा सतासीवटा धारा निर्माण गर्ने, सताक्षीधाम पदमार्ग निर्माणको कार्य सुरु गर्ने, डिगम्वेश्वर मन्दिर उत्तरको खोल्साको व्यवस्थापन गर्ने, सताक्षी माताको विशाल विग्रहको निर्माण कार्य सुरु गर्ने लगायत रहेका छन् ।
त्यसैगरि, दिगम्वेश्वर मन्दिरको सौन्दर्यकरण गर्ने शताक्षीधाम धर्मशाला, नदी तटबन्धन, शिवरात्रीको अवसरपारी शिव महापुराण्को आयोजना गरिने, नगरपालिकासँग सहकार्य गरि सताक्षी गर्ने योजना तयार गर्ने प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, यसैवर्षदेखि संस्थाले सुरु गर्न लागेको अक्षयकोष सञ्चालन सम्बन्धि कार्य विधि २०८० समेत साधारण सभामा प्रस्तुत गरिएको थियो ।
अक्षय कोषका लागि एक सञ्चालन समिति समेत गठन गरिएको छ । अक्षयकोष सञ्चालनका लागि संस्थाका उपाध्यक्ष उदयप्रकाश राईको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । सो समितिको सचिवमा गणेश भेट्वाल र सदस्यमा योगनिधि बास्तोला रहेका छन् ।
वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा सताक्षीधाम मन्दिर समितिका पूर्व अध्यक्ष तथा पूर्व सांसद तारासम यङ्या, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, सताक्षीधाम धार्मीक तथा पर्यटकीय सस्थाका निर्वतमान अध्यक्ष प्रसाद सुब्बा, पशुपति एकाडेमीका प्रधानाध्यापक चन्द्रप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा लेखा परिक्षण प्रतिवेदन समितिका कोषाध्यक्ष मदन मोहन अधिकारीले प्रस्तुत गरेका थिए भने सञ्चालन संस्थाको सचिव कालीप्रसाद रिजालले गरेका थिए ।

