झिलझिले, ६ असोज–झापाको शिबसताक्षी–८ डुडामारीस्थित जनआस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज (शनिबार) १७औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

डुडामारी चौकमा कार्यलय रहेको जनआस्था बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष ०७९।०८० को असार मसन्तसम्ममा ८२ लाख १४ हजार ९ सय चुक्ता सेयर पुँजी रहेको छ भने ५ करोड ७८ लाख ३ हजार ६ सय ८१ रुपैयाको वासलात रहेको संस्थाका अध्यक्ष जयश्वोर आङदम्बेद्धारा प्रस्तुत बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।

सहकारी संस्था सदस्य केन्द्रित हुनुपर्छ, धेरै सदस्य बनाएर सेवा दिन नसक्नु भन्दा थोरै सदस्यबाट संस्था संचालन गर्नु संस्थाको हित हो भन्ने मान्यता लाई आत्मासाथ गरि संस्था अगाडी बडेको छ । सहकारी भनेको समाजमा छरिएर रहेको सा-साना पुँजी सीप र अनुभबलाई एकत्रित गरि सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतिका लागी संचालित संस्था भएकोले यस भित्र धनी गरिब सबै बर्गका मानीसहरु आबद्ध भएर संचालन गरिएको संस्था भएकोले समाज रुपान्तरणमा महत्व पुर्ण भुमिका रहेको अध्यक्ष आङदेम्बेले बार्षिक प्रतिबेदन मार्फत सदस्य हरुलाई जानकारी गराए ।

संस्थाका अध्यक्ष जयश्वर आङदेम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्याटन शिवसताक्षीका नगर प्रमुख मेघाहाङ थोप्राले गरेका थिए । उक्त सहकारी संस्थाको बार्षिक साधरण सभालाई सम्बोधन गर्दै नगर प्रमुख थोप्राले नगरकै पुरानो सहकारी मध्येको एक जनआस्था साकोसले शेयर सदस्यहरुको भावना अनुरुप काम गर्न सफल भएको भन्दै प्रशंशा गरे । उनले हाल आर्थिक तरलताको कारण धेरै सहकारी संस्थाहरुमा बितिय संकट आइरहेको अवस्थामा यस संस्थाले राम्रै प्रगति गर्न सफल भएको भन्दै शेयर सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न आग्रह गरे ।

सो अवसरमा संस्थाले बिभिन्न सदस्यहरुलाई नगद र सम्मानपत्रले सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा असल निक्षेपकर्ता चन्द्रा आङदेम्बे, असल ऋणि गंगामाया सेम्बे लिम्बु, असल बाल बचत सदस्य समिना भण्डारी र जेष्ठ सदस्य दिलबहादुर कुँवरलाई नगदसहित सम्मानपत्रले सम्मानित गरेको संस्थाका सदस्य रोमन लाम्गादेले जानकारी दिए ।

संस्था बिभिन्न सामाजिक गतिबिधिहरुमा सक्रिय हुनुको साथै सदस्यको मृत्युहुदा नगद २५ हजार र समबेदना पत्र सहित स्रदाञ्जली अर्पण गर्दछ भने सदस्यको एकाघरभित्र मृत्य भएमा नगद ५ हजार र समबेदना पत्रसहित स्रदाञ्जली अर्पण गर्ने गरेको बताइएको छ ।

सो अवसर वाडा नम्बर ८ का अध्यक्ष सन्तकुमार फेवदिन, धरमपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुमार शंकर, संस्थाका संस्थापक अध्यक्ष पदमशुन्दर भण्डारी लगायतले शुभकामना मन्तब्य सहित आ–आफ्नो धारणा राखेको कार्यक्रमको स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष गोपाल कुँवरले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिब गंगाप्रसाद ओझाले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *