दमक, ६ असोज–दमक अपाङ्ग सहयोग समितिको २२औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशनले पुनः खगेन्द्र बहादुर भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । नगरपालीकाका कार्यबाहक नगर प्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेसनले १० सदस्यीय रहेको दमक अपाङ्ग सहयोग समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको अध्यक्षमा खगेन्द्रबहादुर भट्टराई (शारीरिक अपाङ्गता), उपाध्यक्षमा मनमाया तिम्सिना (दृष्टिबिहिन), सचिवमा मदनकुमार बोहोरा (शारीरिक अपाङ्गता), सह(सचिवमा जानुका पोख्रेल (मस्कुलर डिस्टभी), कोषाध्यक्षमा सविन रिजाल (अटिजम अभिभावक), सह-कोषाध्यक्षमा चम्पा न्यौपाने (सुस्तश्रवण) चयन हुनु भएको छ ।
त्यसैगरी, समितिको सदस्यहरुमा कृष्णकुमारी भण्डारी (बौद्धिक अभिभावक), गोमा खड्का (न्युनदृष्टी), लिला थापा (कुष्ठप्रभावित) र गणेश बोहोरा (ह्वीलचेयर युजर) रहेको नवनिर्वाचित सचिव मदन कुमार बोहराले जानकारी दिनुभयो ।
साधारणसभामा अध्यक्ष भट्टराईले प्रस्तुत गर्नु भएको अध्यक्षको प्रतिवेदन र सचिव बोहरालाई प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिवेदन सुझाव सहित पारित गरिएको थियो । साधारणसभाकै अवसर पारेर दमक अपाङ्ग सहयोग समितिलाई सहयोग गर्ने दुईजनालाई सम्मान समेत गरिएको छ ।
दमक ४ मा रहेको अपाङ्ग सहयोग समितिको प्रदेश स्तरिय भवन निर्माणमा आर्थिक सहयोग गर्ने राधिका ओझा र संस्था स्थापना देखीका सहयोगी एचआरडिसि बनेपाका झापा प्रतिनिधि श्याम पोखरेललाई दोसल्ला ओढाएर सम्मान गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
